२१ आश्विन २०८१ सोमबार
image/svg+xml

मैले गरेको काम देउवाले उद्घाटन गर्दा हाँसो लाग्छ: ओली

एमालेले गरेको कामको वर्तमान सरकारले पछ्याइरहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन्।

जनताले एमालेलाई नेतृत्वमा पुर्‍याउँछन्ः ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिका लागि स्थानीय तहको निर्वाचनमा जनताले एमालेलाई नेतृत्वमा पुर्‍याउने बताएका छन्।

एमाले अध्यक्ष ओली चुनावी दौडधुपमा

उनका अनुसार मधेसमा आफ्नो प्रभाव देखाउन र सन्तुलन कायम गर्न पनि पटकपटक एमाले अध्यक्ष मधेसका कार्यक्रममा सहभागी भएका हुन्। एमाले अध्यक्ष ओलीले मधेसमा क्रियाशील दलका नेता कार्यकर्तालाई पार्टीमा ल्याउन पार्टीको सम्पूर्ण शक्ति खर्च गरिरहेका छन्। सत्तारुढ दलहरूले एमालेविरुद्ध गठबन्धन गरिरहँदा मधेसमै क्रियाशील रहेका दलसँग सहकार्य वा पार्टीमा ल्याउने काममा लागेका छन्।

‘यो सरकार आफैं ढलोस्’

सरकारमा रहेका माओवादी केन्द्र र एकीकृत समाजवादीका अध्यक्षप्रति लक्षित गर्दै पार्टी अध्यक्ष ओलीले तीव्र आक्रोश पोख्दै सो कुरा बताएका हुन्। ओलीले माधव नेपाल र प्रचण्डसँग देशको भन्दा पनि आफ्नो स्वार्थ मात्र हेर्ने प्रवृति हाबी रहेको बताए।

बेसाहा प्रवृत्तिको अन्त्य हुनुपर्छः ओली

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको व्यापार घाटा कम गर्न नेपाली जनताले आफ्ना आनीबानी सुधार्नुपर्ने बताएका छन्।

ओलीभित्र कहाँ छन् केजरीवाल?

परापूर्वकालदेखि राम अयोध्यामा जन्मिएका र सीता जनकपुरमा भन्ने मान्यतालाई चुनौती दिँदै ओलीले अयोध्यापुरीमा राम जन्मेको मात्र भनेनन्, त्यहाँ रामको मूर्ति स्थापना गर्न राज्यको स्रोतसाधनसमेत दुरूपयोग गरे।

कल्पनाशास्त्र र वास्तविकता

ओली माडी अयोध्यापुरीलाई रामजन्मस्थली सिद्ध गर्न थप लागिरहे पनि वैदिक साहित्य, पुरातत्त्व विज्ञान, ऐतिहासिक तथ्य र मिथकले उनलाई साथ दिइरहेको छैन।

ओलीसँग सहकार्यको सम्भावना छैनः नेपाल

एमालेका अध्यक्ष केपी ओलीसँग एकता र सहकार्यको कुनै सम्भावना नरहेको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बताएका छन्। स्थानीय निर्वाचनमा केपी ओलीबाहेकका अरू जुनसुकै पार्टीसँग पनि सहकार्य गर्न सकिने धनगढीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले बताएका हुन्।

ओलीको मुद्दा हेर्न नभ्याइनेमा

नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी ओलीले नेकपा एकीकृत समाजवादी र पार्टीले कारबाही गरेका प्रतिनिधिसभा सदस्यहरूको पद बदरको मागसहित २०७८ भदौ १८ मा सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए।

१४ सांसदविरुद्ध ओलीले दर्ता गरेको रिट निवेदनमाथि सुनुवाइ हुँदै

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दर्ता गरेको रिट निवेदनमाथि आजदेखि सुनुवाइ हुँदैछ।

एमाले र राप्रपाबीच चुनावी तालमेल केन्द्रित छलफल

नजिकिँदै गरेको स्थानीय तहको चुनावसँगै त्यसभन्दा पछाडि हुने संघ र प्रदेशको चुनावका विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशम्शेर राणाबीच छलफल भएको छ।

निहुँरिएर लडाई गर्नुपर्छ: केपी ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीसँग एक्लै चुनावमा लडने आँट नेपालमा कुनै पनि पार्टीको नरहेको बताएका छन्।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलः विदेशीबाट काम फत्ते सरकारी निकाय उदासीन

चिनियाँ ठेकदार कम्पनीले काम सकेर विमानस्थल हस्तान्तरण गरे पनि सरकारी तहबाट हुनुपर्ने रिट्ठेपानी डाँडा कटान, ल्याण्डफिल साइट र भेलबाढी व्यवस्थापनको काम भएको छैन।

धरहरा उद्घाटनको एक वर्ष : ठेकेदार कम्पनी चौथो पटक म्याद थपको माग गर्दै

पूर्वप्रधानमन्त्री ओलीले गत वैशाख ११ गते धरहरा वरपरका अत्यावश्यक पूर्वाधार तयार नहुँदै हतार–हतार उद्घाटन गरेका थिए। उद्घाटन गरेको एक वर्ष पुगुञ्जेलसम्ममा पनि धरहराको भौतिक प्रगति भने ७८ प्रतिशत मात्रै भएको छ।

कांग्रेसको बैसाखी

गठबन्धनभित्रको सबैभन्दा ठूलो दल कांग्रेस निर्णायक भूमिकामा देखिन्छ। कांग्रेसभित्र पनि गठबन्धनका सम्बन्धमा मतमतान्तर बाहिर आइरहेको छ। गठबन्धन गर्दै नगर्ने वा आफू कमजोर भएको ठाउँमा मात्र गर्ने जस्ता तीन किसिमका विचार बाहिर आइरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्