coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मैले गरेको काम देउवाले उद्घाटन गर्दा हाँसो लाग्छ: ओली

एमालेले गरेको कामको वर्तमान सरकारले पछ्याइरहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन्।

आज बर्दियाको गुलरियामा आयोजित नेपाल भूमिहीन सुकुम्बासी संगठनको प्रथम केन्द्रीय महाधिवेसन कार्यक्रमको उद्घाटन सत्रको सम्बोधन गर्दै ओलीले गठबन्धनको सरकारले एमालेका पालोमा भएका काम उद्घाटन गरिरहेको बताए।

प्रधानमन्त्री शेरबहादुर देउवाले रेलको दिल्लीमा गएर उद्घाटन गरेको सुनाए। ‘मैले गरेको कामको उद्घाटन गरेकोमा देउवालाई धन्यवाद दिन चाहान्छु, उनले भने। मलाई हाँसो लाग्छ।’ उनका अनुसार काठमाडौँको चोभार स्थित सुख्खा बन्दरगाह प्रधानमन्त्री देउवा गत साता उद्घाटन गरे।

एमाले सरकारले कुनै पनि विकासको कामको सुरुवात गर्दा विरोध गर्ने वर्तमान सरकारले अहिले उद्घाटन गर्दा खुसी लाग्ने गरेको ओलीको भनाइ छ। देशमा एमाले सरकारले एकै वर्षमा ३ सय ९६ वटा अस्पताल शिलान्यास गरेको बताए।

‘सरकारबाट एमाले हाट्न साथ अहिलेको सरकारसंग पैसा छैन, ओलीले भने। फरक प्रसँगमा घरको धुरीमा एउटा गिद्ध बस्यो भने घर अशुद्ध हुन्छ र अल्छिन लाग्ने बताउँदै अहिले पाँच वटा गठबन्धन नामक घरको धुरीमा बसेका गिद्धले सरकार चलाएको भन्दै व्यंग्य गरे।

प्रकाशित: २४ चैत्र २०७८ १३:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App