राम नवमीको अवसरमा आइतबार जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिरमा दर्शनार्थीको ठूलो भीड लागेको छ। साँझपख मन्दिर झिलमिल बत्तीले सजिएपछि दृश्य झनै मनमोहक देखिएको छ।
हिन्दु धर्मावलम्बीहरूका लागि आस्थाको केन्द्र मानिने जानकी मन्दिरमा बिहानैदेखि भक्तजनको ओइरो लागेको थियो। साँझपख मन्दिर चारैतिरबाट रंगीचंगी बत्तीले सजिएपछि वातावरण अझ भव्य बनेको छ।
रामनवमीको विशेष पूजाआजा तथा दर्शनका लागि नेपालका विभिन्न स्थानका र भारत समेतबाट श्रद्धालुहरू जनकपुरधाम आएका छन्। मन्दिर परिसरमा भक्तजनहरू राम–सीताको जयघोषमा रमाइरहेका छन्।
रामनवमीको दिन जानकी मन्दिरमा विशेष सजावट र कार्यक्रम हुँदै आएको छ। मन्दिर व्यवस्थापन समितिले भक्तजनलाई सहज रूपमा दर्शन गराउने व्यवस्था मिलाएको छ।
हेर्नुहोस् तस्बिरहरु, सबै तस्बिर: वसन्त ढुंगाना/नागरिक














प्रकाशित: २४ चैत्र २०८१ २१:३७ आइतबार