२१ आश्विन २०८१ सोमबार
image/svg+xml

सुदूरपश्चिम प्रदेश सरकार बदल्ने कसरत

एमालेको सुदूरपश्चिम इन्चार्जबाट भीम रावललाई हटाएर भट्टलाई इन्चार्ज बनाइएको छ। नयाँ सरकार बनाउन नेपाली कांग्रेस र राजपासँग वार्ता गर्न एमाले प्रदेश समितीको बैठकले प्रदेशका सहइन्चार्ज पाठक संयोजक रहेको तीन सदस्यीय वार्ता टोली पनि गठन गरेको प्रदेश अध्यक्ष थापाले बताए।

ओली–नेपाल नदीका दुई किनारा!

प्रधानमन्त्रीसमेत रहेका ओलीले नेपाललाई मंगलबार पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेपछि उनीहरूबीचको सम्बन्धमा थप दरारको स्थिति पैदा भएको छ। राजनीतिमा असम्भव भन्ने कुरा केही नभए पनि डेढ वर्षयता सम्बन्धमा तिक्तता आएपछि अध्यक्ष ओली नेता नेपाललाई पार्टी सदस्यताबाटै निलम्बन गर्ने तहसम्म पुगेका छन्।

सभामुख सापकोटाले भेटे प्रधानमन्त्री ओलीलाई

प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री र सभामुखबीच भेट भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

प्रधानमन्त्रीले किन रोके जसपालाई

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा आफूविरुद्ध आउनसक्ने अविश्वास प्रस्ताव वा विश्वासको मत लिन जनता समाजवादी पार्टी (जसपा) सँग सहकार्यको कसरत गरेका छन्। आफूविरुद्ध प्रतिनिधिसभाभित्र गठबन्धन हुने संकेत पाएपछि प्रधानमन्त्री ओलीले जसपाले अघि सारेका मुद्दा सम्बोधन गर्ने आश्वासनसहित सहकार्यका लागि प्रयास गरेका हुन्।

नेता नेपाल र रावलले दिएको स्पष्टीकरण कारबाही योग्य छः अध्यक्ष ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावलले दिएको स्पष्टीकरण कारबाही योग्य भएको बताएका छन्।

ओली झनै शक्तिशाली

ओलीले फागुन २८ गते माधव नेपाललगायतका नेतालाई नबोलाई केन्द्रीय कमिटीको बैठक राखेर जिम्मेवारी खोस्ने, विधान संशोधनको प्रस्ताव अघि सार्ने तथा केन्द्रीय सदस्य थप गर्ने निर्णय गराएका थिए। त्यसपछिका दुईवटा बैठकले विधान संशोधन, नेपाललगायतका चार नेतालाई स्पष्टीकरण सोध्ने तथा संसदीय दलको विधान संशोधन गरेर समानुपातिक सांसदलाई हटाउने अधिकार अध्यक्षलाई दिने निर्णय गरेका थिए।

कोरोना सङ्क्रमण भयावह हुन नदिन सचेत हुनुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को सङ्क्रमण भयावह हुन नदिन सचेत हुनुपर्ने बताएका छन्। कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट प्रकाशित नेपालमा कोभिड–१९ महामारी र प्रतिकार्य प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा उनले भने,'कोभिड–१९ को सङ्क्रमण नकारात्मकतातिर जाने लक्षण देखिएको भन्दै भयावह हुन नदिन सचेत हुनुपर्छ।' यद्यपि अहिले भयावहको स्थिति नभएको उनले बताए।

शान्ति प्रक्रिया, संविधान र नेकपा एकतालाई मन नपराएकाले ओलीलाई दलाल बनाए : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई आदेशपालक बनाउन खोजिएको दाबी गरेका छन्। बुधबार धुलिखेलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले नेपालीहरूलाई निरीह बनाउने खतरा रहेको बताए।

‘ओलीलाई प्रचण्डको समर्थनका कारण बहुमत छ’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको वर्तमान सरकार बहुमतको संयुक्त सरकार भएकोले नेपाली कांग्रेस प्रतिपक्षको भूमिकामा रहनु उचित हुने बताए।

नेपाल पक्षमा साढे ३ लाख कार्यकर्ता भएको दाबीः सबैलाई कारबाही गरेर देखाउन चुनौती

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहित चारजनालाई स्पष्टीकरण सोधेपछि नेपाल समूहले आफ्नो पक्षमा रहेका साढे तीन लाख नेता–कार्यकर्तालाई नै कारबाही गर्न चुनौती दिएका छन्।

सरकार–जसपा सहमतिनजिकः माग पूरा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

नयाँ सरकार बनाउन विभिन्न किसिमका अभ्यास भइरहेका बेला सरकार र जनता समाजवादी पार्टी (जसपा) सहमतिको नजिक पुगेका छन्। आफ्नो पार्टीले राख्दै आएका माग पूरा गर्ने प्रतिबद्धता प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएपछि सरकारमा सहकार्य गर्ने स्थिति बन्न लागेको जसपा स्रोतको दाबी छ।

अलमलमा माओवादी केन्द्र

नेकपा माओवादी केन्द्र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव लाने विषयमा अलमलमा परेको छ। प्राविधिक रूपमा सरकार अल्पमतमा परिहालेको छैन तर नेकपा एकीकरण बदर भई साबिकका माओवादी केन्द्र र एमाले ब्युँतिएपछि संकटमा भने परेको छ। माओवादीले समर्थन फिर्ता लिनेबित्तिकै सरकार अल्पमतमा पर्छ तर माओवादी केन्द्र समर्थन फिर्ता लिने अथवा अविश्वास प्रस्ताव लैजाने भन्ने विषयमा अनिर्णीत देखिएको छ।

केपी ओलीले कम्युनिष्ट झण्डा र ब्यानरको दुरुपयोग गरिरहेका छन् : युवराज ज्ञवाली (अन्तर्वार्ता)

सर्वोच्चको फैसला पछि हामीहरु सुदृढ एमाले निर्माण गर्ने उदेश्य बोकेर आएका हौँ । तर केपी ओलीले प्रवेश गर्ने ढोका बन्द गरिदिएका छन् । आन्तरिक बैचारिक बिमतीका कुराहरु थिए, तर यि सबै पाटीभित्रै राखेर सुदृढ एमाले निर्माण गरेर जान खोज्दा हामीहरुका लागि ढोका नै बन्द गरियो । यसले के पुष्टि गर्छ भने ओलीले कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पार्ने काम गरेका छन् ।

एकल अभ्यासमा एमाले

ओलीले अहिले पार्टीभित्र जे/जस्तो निर्णय गर्दै र गराउँदै गएका छन्, त्यसको सोझो उद्देश्य भनेको व्यक्ति बलियो हुने हो, एकल प्राधिकार निर्माण गर्ने हो। तर, लोकतान्त्रिक अभ्यासमा कुनै पनि पार्टीभित्र सामूहिक नेतृत्व हुन्छ र त्यसैको आधारमा निर्णय हुन्छ।

ओली आतंक : सत्ता टिकाउन सांसदलाई कारबाही धम्की

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकल निर्णयबाट सांसदलाई कारबाही गर्न सक्नेगरी पार्टी विधान संशोधन गरिएको छ। ओलीले पार्टी झगडामा उनीसँग फरक मत राख्ने सांसदलाई कारबाही गर्न विधान संशोधन गर्नु कति उचित र कति अनुचित हो भन्ने विषयमा बहस सुरु भएको छ। एकथरीले यसलाई ‘ओली आतंक’ भनेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्