६ आश्विन २०८१ आइतबार
image/svg+xml

चीनको सम्भावना जीवन्त

एडिलेडमा डेब्युटेन्ट हाइटीमाथि १–० को नाटकीय जितसँगै चीनको पनि नकआउट चरणको सम्भावना जीवन्त छ। खेलको एक घन्टाभन्दा बढी समय १० खेलाडीमा सीमित हुनाका बावजुद चीनले नाटकीय जित निकालेको हो।

वाङ चीनको नयाँ विदेशमन्त्री

चीन सरकारका विदेशमन्त्री चिन गाङ पदमुक्त भएका छन्। उनी सात महिनाअघि विदेशमन्त्री बनेका थिए। नयाँ विदेशमन्त्री चिनियाँ कम्युनिस्ट पार्टीका विदेश मामिला प्रमुख वाङ यी तोकिएको बिबिसीले जनाएको छ।

जलवायुमा अमेरिका-चीन सहकार्य

अमेरिकी जलवायु विशेषदूत जोन केरीले गत साता चीनको ४ दिने भ्रमण सम्पन्न गरेका छन्। सामरिक हिसाबले विश्वका शक्तिशाली र उत्सर्जनका हिसाबले सबैभन्दा बढी प्रदूषक यी दुवै देशका नेताबीचको संवाद आफैमा महत्वपूर्ण छ।

तातोपानी नाकाबाट लक्ष्यभन्दा न्यून राजस्व संकलन

चीनसँगको उत्तरी नाका तातोपानीबाट गत आर्थिक वर्षमा लक्ष्यभन्दा न्यून राजस्व संकलन भएको छ।

पहिलो पटक पशुआहार चीन निर्यात

नेपालबाट पहिलो पटक पशुआहार(हाइलेज) चीन निर्यात भएको छ। भरतपुरमा रहेको होराइजन इन्टरनेसनल प्रालिले उत्पादन गरेको पशुआहार आज एक कार्यक्रमबीच चीन निर्यात गरिएको हो। भरतपुरमा उद्योग रहेको छ।

नेपालबाट पहिलो पटक पशु आहार ‘हाइलेज’ चीन निर्यात

भरतपुरमा शनिबार कार्यक्रमको उद्घाटन गर्दै नेपाल सरकारका उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले हाइलेज निर्यात सामान्य जस्तो लागे पनि दुई देशबीचको व्यापारिक सम्बन्धमा ऐतिहासिक माइलस्टोन हुनसक्ने बताए।

आयोगका उपाध्यक्ष र चिनियाँ अधिकारीबीच छलफल

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र चीन सरकारको नेसनल डेभलपमेन्ट एण्ड रिफर्म कमिसन (एनडिआरसी) का उपाध्यक्ष छोङ लियाङबीच चीनको वेइजिङमा भेटवार्ता भएको छ।

योजना आयोगका उपाध्यक्ष श्रेष्ठ चीन प्रस्थान

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ ‘ग्लोबल फर सेयर डेभलपमेन्ट’ फोरममा सहभागी हुन आज चीन प्रस्थान गरेका छन। चीनको बेइजिङमा हुने उक्त फोरममा विभिन्न २० देशका मन्त्रिस्तरीय प्रतिनिधि सहभागी हुँदैछन्।

चीनमा भीषण वर्षा, पन्ध्र जनाको मृत्यु

सोमबारदेखि परेको मुसलधारे वर्षाका कारण बुधबार बिहान ७ बजेसम्म दक्षिणपश्चिम चीनको चोङकिङ नगरपालिकामा १५ जनाको मृत्यु भएको छ र चार जना बेपत्ता भएका राज्य सञ्चालित समाचार समिति सिन्ह्वाले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै जनाएको छ।

प्रधानमन्त्री दाहाल भन्छन्: चीन भ्रमणमा जाँदा पोखरा एयरपोर्टमा उडान गर्नेबारे ‘ब्रेक थ्रु’ हुनेछ

प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका विभिन्न सहरबाट सिधा उडान हुनेबारे आफु आशावादी रहेको बताएका छन। प्रधानमन्त्री दाहालले नै विमानस्थल उद्घाटन गरेका थिए।

नेपालमा लगानी गर्न आग्रह

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल सरकारले विदेशी लगानीलाई प्रोत्साहन, प्रवद्र्धन एवं संरक्षण गर्ने नीति लिएको जानकारी गराएका छन्।

पाँचदिने भ्रमणको लागि गृहमन्त्री श्रेष्ठ चीन प्रस्थान

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ सात सदस्यीय प्रतिनिधिमण्डलसहित चीन प्रस्थान गरेका छन्। मंगलबार राति ११ः२० बजेको फ्लाइटमा पाँचदिने भ्रमणको लागि चीनको सिचुवान तर्फ प्रस्थान गरेका हुन्।

पोखरामा सुरु भयो नेपाल–चीन फ्रेण्डसीप ड्रागन बोट रेस फेष्टिभल

पोखरामा ‘नेपाल–चीन फ्रेन्डसीप ड्रागन बोट रेस फेस्टिभल’ शुरु भएको छ। नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दुतावास र पोखरा महानगरपालिकाको आयोजनामा फेवातालमा फेस्टिभल शुरु भएको हो। दुईदिनसम्म चल्ने फेस्टिभलको शुक्रबार एक औपचारिक कार्यक्रमका बीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले उद्घाटन गरे।

पोखरामा ‘ड्रागन बोट रेस महोत्सव’ सुरु

पर्यटकीय सहर कास्कीको पोखरामा आजदेखि नेपाल–चीन फ्रेण्डसीप ‘ड्रागन बोट रेस महोत्सव’ सुरु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्