२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

आयोगका उपाध्यक्ष र चिनियाँ अधिकारीबीच छलफल

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र चीन सरकारको नेसनल डेभलपमेन्ट एण्ड रिफर्म कमिसन (एनडिआरसी) का उपाध्यक्ष छोङ लियाङबीच चीनको वेइजिङमा भेटवार्ता भएको छ।

भेटमा सम्झौता अनुसारका कार्यक्रमहरू मध्ये सम्पन्न हुन बाँकी कार्यक्रमलाई द्रुत गतिमा अगाडि बढाउने समझदारी भएको छ।

नेपाल आगामी १६ औं योजना तर्जुमा गर्न गइरहेको सम्बन्धमा आगामी दिनमा चिनियाँ समकक्षी निकाय एनडिआरसीको अनुभव सेयर गर्ने र प्राविधिक सहयोग उपलब्ध गराउने विषयमा पनि छलफल भएको हो।

यसैगरी आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र चाइना इन्टरनेसनल डेभलपमेन्ट एजेन्सी (सिआईडिसिए)का उप मन्त्री डेङ बोगिङबीच पनि द्विपक्षीय छलफल भएको हो।

चीनको राजधानी वेइजिङमा आयोजना भइरहेको ‘फोरम अन ग्लोबल एक्सन फर सेयर्ड डेभलपमेन्ट’ सम्बन्धी पहिलो उच्च स्तरीय अन्तर्राष्ट्रिय सम्मेलनको आयोजक संस्थाको रूपमा रहेको उक्त संस्था चीन सरकारको अन्तर्राष्ट्रिय सहयोग सम्बन्धी कामहरू हेर्ने निकाय हो। भेटमा चीनका लागि नेपाली पक्षबाट राजदूत विष्णुपुकार श्रेष्ठलगायत दूतावासका उच्च अधिकारीहरूको सहभागिता थियो।

प्रकाशित: २७ असार २०८० ०३:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App