११ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

कार्लोससँगको भेटपछि प्रधानमन्त्री: खेल राम्रो त छँदै थियो, मुस्कान पनि मीठो लाग्यो

प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबल खेलाडी रोबर्टो कार्लोसबीच  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भेटघाट भएको छ ।

विश्व विजेता कार्लोस नेपाल सुरपल लिग (एनएसएल) को तेस्रो सिजनको खेल हेर्न काठमाडौँ आएका हुन्।

कार्लोससँगको भेटघाट प्रधानमन्त्री ओलीले कार्लोसको खेल राम्रोसँगै मुस्कान पनि मीठो भएकाे बताएका छन्।

कार्लोससँगको तस्बिर राख्दै ओलीले लेखेका छन्,'ब्राजिलका चर्चित फुटबलर रोबर्टो कार्लोससँग आज भेट भयो। उहाँको खेल राम्रो त छँदै थियो, मुस्कान पनि मीठो लाग्यो।'

प्रकाशित: १० वैशाख २०८२ १४:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App