११ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

माओवादीको निष्कर्ष: सरकारले औचित्य गुमाइसक्यो, सत्तामा बस्ने नैतिक अधिकार छैन

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकारले आफ्नो वैधानिक औचित्य गुमाइसकेको भन्दै एक दिन पनि सत्तामा बस्ने नैतिक अधिकार नरहेको दाबी गरेको छ। बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलनको आयोजना गरेर माओवादी केन्द्रले यस्तो टिप्पणी गरेको हो।

‘वर्तमान सरकार प्राविधिक रुपमा अस्तित्वमा त छ, तर वैधानिक रुपमा औचित्य गुमाइसकेको छ,’ पत्रकार सम्मेलनमा उपाध्यक्ष एवं प्रवक्ता अग्नी सापकोटाले भने, ‘यसअर्थमा आफ्नो औचित्य पुष्टि गर्न पूर्ण रुपमा असफल भएको सरकारलाई एक दिन पनि सत्तामा रहने नैतिक अधिकार छैन।’

वर्तमान सत्ता गठबन्धन अप्राकृतिक, अपारदर्शी र संवैधानिक नैतिकताविपरीत रहेको भन्ने पुरानै टिप्पणी दोहोर्‍याएका छन्। यस्तै सरकारले देश र जनताको हितमा एउटा पनि राम्रो काम गर्न नसकेको पनि उनले बताए।

प्रकाशित: १० वैशाख २०८२ १४:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App