७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

पाँचदिने भ्रमणको लागि गृहमन्त्री श्रेष्ठ चीन प्रस्थान

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ सात सदस्यीय प्रतिनिधिमण्डलसहित चीन प्रस्थान गरेका छन्। मंगलबार राति ११ः२० बजेको फ्लाइटमा पाँचदिने भ्रमणको लागि चीनको सिचुवान तर्फ प्रस्थान गरेका हुन्।

उनले बुधबार छेन्दुमा आयोजित 'पश्चिमी चीनिया अन्तराष्ट्रिय मेला'को उद्घाटन समारोहमा विशेष अतिथिको रुपमा सरिक भएर सम्बोधन गर्ने विशेष कार्यक्रम रहेको छ।  

भ्रमणको क्रममा उपप्रधानमन्त्री श्रेष्ठले सिचुवान विश्वविद्यालयमा भेटघाट तथा अवलोकन सहित त्यहॅा अध्ययनरत करिब ३०० अन्तराष्ट्रिय  विद्यार्थीहरूलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।  

त्यसैगरी उनले भुकम्पपछिको पुनर्निर्माण भएको यिन्छियु भुकम्प स्थल र जिपिङ्पुस्थित 'हाइड्रो जक्सन'को तथा दुजियाङ्गानस्थित सिंचाइ प्रणाली र ग्रामीण पुनरुत्थान परियोजनाको अवलोकन भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ।

प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापा, गृहमन्त्रालयका सहसचिव रुद्रदेवी शर्मा, उद्योग मन्त्रालयका सहसचिव महेश बराल, उपप्रधानमन्त्री श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ, राष्ट्रिय समाचार समितिका संवाददाता अशोक घिमिरे र अङ्गरक्षक बाबुराम खरेल छन्।

प्रकाशित: १३ असार २०८० ०२:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App