२ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

जेनजीको मागअनुसार कांग्रेस परिवर्तित भएर जनतामाझ आएको छ : उपसभापति शर्मा

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जेनजीको मागअनुसार नेपाली कांग्रेस परिवर्तित भएर जनतामाझ आएको बताएका छन्।

कांग्रेस महोत्तरीले जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ ले जलेश्वरमा बुधबार आयोजना गरेको चुनावी कोणसभामा उनले परिवर्तका लागि जेनजीले गरेको आन्दोलनको भावनाअनुसार सबैभन्दा पहिले आफ्नो पार्टीमा परिवर्तन आएको दाबी गरे।

उपसभापति शर्माले जेनजीकै मागअनुसार नै लामो समय पार्टीभित्र पुस्तान्तरणको आवाज उठाउँदै आएका गगनकुमार थापालाई पार्टी सभापति बनाएर चुनावमा आएकाले अब जनताले त्यसको मूल्याङ्कन गर्नुपर्ने धारणा राखे।

'गत भदौमा भएका जेनजी आन्दोलनमा नवयुवाहरूले सुशासनको कुरा गरे, त्यसका लागि राजनीतिक दलहरू रूपान्तरण आउनुपर्छ भन्ने सन्देश दिए। त्यहीअनुसार हामीले पार्टीमा सुधार सुरु गरेका छौँ, युवालाई देशको बागडोर सुम्पिँदै आउने निर्वाचनपश्चात् पार्टी सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएका छौँ। देशभर नयाँ उम्मेदवार अगाडि सारेर आएका छौँ', उनले भने।

उपसभापति शर्माले देशले मागेको विकास, चाहेको परिवर्तन र खोजेको सरकार केवल आफ्नो पार्टीले दिनसक्ने भन्दै यसपालिको निर्वाचनमा जनताले पनि आफूहरूको अभियानलाई अनुमोदन गर्ने विश्वास व्यक्त गरे। 

प्रकाशित: १४ फाल्गुन २०८२ ०७:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App