६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

चीनको सम्भावना जीवन्त

हाइटीविरुद्ध पेनाल्टी गोल गरेपछि चीनकी वाङ सुआङ। तस्बीरः एपी

एडिलेडमा डेब्युटेन्ट हाइटीमाथि १–० को नाटकीय जितसँगै चीनको पनि नकआउट चरणको सम्भावना जीवन्त छ। खेलको एक घन्टाभन्दा बढी समय १० खेलाडीमा सीमित हुनाका बावजुद चीनले नाटकीय जित निकालेको हो।  

दिनको अन्तिम खेलमा झाङ रुई रातो कार्ड सामना गर्दै बाहिरिएपछि चीन निकै संकटमा परेको थियो। सेर्ली जेउडीमाथि निकै खराब ट्याकल गरेपछि खेलको २९औं मिनेटमा झाङले रातो कार्ड सामना गरेकी हुन्। यो हारले चीनको समूहचरणबाटै विश्वकप यात्रा सकिँदा इङ्ल्यान्डको नकआउट चरण सम्भावना जीवन्त रहन्थ्यो। यद्यपि, चीनले खेलमा फर्किने अवसर पायो। चीनकी झाङ लिन्यानलाई खेलको ७४औं मिनेटमा हाइटीकी रुथ्नी म्याथुरिनले लडाएपछि चीनले पेनाल्टी अवसर पायो। दोस्रो रोजाइको खेलाडीको रूपमा मैदान प्रवेश गरेकी वाङ सुआङ उक्त पेनाल्टी अवसरलाई सदुपयोग गर्दै गोल गरिन्।  

भारमार्फत चीनले पेनाल्टी अवसर पाएको हो। यद्यपि, चीन पनि धेरै विवादमा परेको थियो। खेलको अन्तिम समयमा हाइटीले पनि पेनाल्टी अवसर पाए पनि त्यो भारमार्फत अस्वीकृत हुन पुग्यो। यो नतिजासँगै चीन र डेनमार्कको समान दुई खेलमा समान तीन अंक छ। त्यसैले समूहको चरणको अन्तिम तथा निर्णायक खेल चीन, इङल्यान्ड र डेनमार्क तीनै टोलीका लागि निर्णायक बनेको छ। यता विश्वकपमा डेब्यु गरेको हाइटीको भने लगातार दोस्रो हारसँगै समूहचरणबाटै यात्रा समाप्त हुनेछ।  

प्रकाशित: १३ श्रावण २०८० ०३:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App