७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

योजना आयोगका उपाध्यक्ष श्रेष्ठ चीन प्रस्थान

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ ‘ग्लोबल फर सेयर डेभलपमेन्ट’ फोरममा सहभागी हुन आज चीन प्रस्थान गरेका छन। चीनको बेइजिङमा हुने उक्त फोरममा विभिन्न २० देशका मन्त्रिस्तरीय प्रतिनिधि सहभागी हुँदैछन्।

कार्यक्रममा विश्व चर्चित अर्थविद् जेफर स्कास साथै इन्टरनेसनल फण्ड फर एग्रिकल्चर डेभलपमेन्ट (आइएफएडी) र फुड एण्ड एग्रिकल्चर अर्गनाइजेसन (एफएओ)लगायत संस्थाकोसमेत सहभागिता हुनेछ। फोरममा सहभागितामुलुक विश्व विकासका लागि विभिन्न एजेण्डामा छलफल गर्ने कार्यक्रम तय भएको छ। नेपालको प्रतिनिधित्व गर्दै उपाध्यक्ष श्रेष्ठले उक्त फोरममा सम्बोधन गर्ने कार्यक्रम छ।

आइतबार बेइजिङस्थित फ्रेण्डसिप होटलमा चिनियाँ विकास (सिआइडिसीए)उपमन्त्री डेङ्ख वोइङ र उपाध्यक्षबीच भेटवार्ता हुनेछ। सोमबार उपाध्यक्षले फोरमको औपचारिक समारोहमा सहभागी हुने तथा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

त्यस्तै, मङ्गलबार उपाध्यक्ष श्रेष्ठ र चिनियाँ उपराष्ट्रपति हान चेङ्खसँग औपचारिक भेटवार्ता  हुनेछ। सोही दिन राति उपाध्यक्ष श्रेष्ठ स्वदेश फर्कनेछन्।

प्रकाशित: २३ असार २०८० ११:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App