८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

वाङ चीनको नयाँ विदेशमन्त्री

चीन सरकारका विदेशमन्त्री चिन गाङ पदमुक्त भएका छन्। उनी सात महिनाअघि विदेशमन्त्री बनेका थिए। नयाँ विदेशमन्त्री चिनियाँ कम्युनिस्ट पार्टीका विदेश मामिला प्रमुख वाङ यी तोकिएको बिबिसीले जनाएको छ।

पदमुक्त भएका ५७ वर्षीय चिन एक महिनादेखि सार्वजनिक कार्यक्रममा देखिएका थिएनन्। यसैकारण उनका बारेमा विभिन्न आशंका हुँदै आएका थिए। उनी पछिल्लोपटक जुन २५ मा सार्वजनिक कार्यक्रममा देखिएका थिए। गत डिसेम्बरमा विदेशमन्त्री नियुक्त हुँदा उनलाई चिनियाँ राष्ट्रपति सी जिनपिङका विश्वासिलो सहयोगीका रूपमा हेरिएको थियो। उनलाई पदबाट हटाउनुको कारण भने खुलाइएको छैन।

चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार चीनको शीर्ष विधायिकाले वाङलाई नयाँ विदेशमन्त्री नियुक्त गरेको हो। नवनियुक्त विदेशमन्त्री वाङले जुनमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनसँग भेटेका थिए। चिनियाँ कम्युनिस्ट पार्टीका उच्च तहका अधिकारीले विदेश नीति निर्माण गर्छन् र विदेशमन्त्रीलाई कार्यान्वयन गर्न निर्देशन दिइन्छ।

प्रकाशित: १० श्रावण २०८० ०४:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App