१३ आश्विन २०८१ आइतबार
image/svg+xml

कार्यालय समयमा पूरा बाहुला भएको पोसाक लगाउन मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगुको सङ्क्रमण बढ्दै गएपछि कर्मचारीलाई कार्यालय समयमा पूरा बाहुला भएको पोसाक अनिवार्य लगाउन आग्रह गरेको छ।

डेंगु रोग नियन्त्रणका लागि र्‍याली

र्‍याली भक्तपुर स्काउट भवनबाट सुरु भइ दरवारस्कायर, चोछे, भोलाछेँ, सूर्यमढी , तचपाल, इनाचो, गोल्मढी, सुकुलढोका, टौमढी, नासमना, तेखाचो, ईटाछेँ हुँदै पुनः दरवारस्कायरमै विसर्जन भएको थियो।

दार्चुलामा डेंगुका बिरामीले अस्पतालका शय्या भरिभराउ, कैदीको उपचारमा समस्या

'अरु बिरामी कहाँ राख्ने भन्ने समस्या भएको छ', उनले भने, 'अहिले डेंगुको जाँचका लागि किटको समस्या नभए पनि शय्याको समस्या देखिएको छ।'

डेंगुबाट बाँकेमा दुई जनाको मृत्यु

अब बाँकेमा नेपालगन्जका पाँच जनासहित आठजना डेंगु संक्रमित उपचाररत छन्। बाँकेका सरकारी तथा विभिन्न निजी प्रयोगशालाहरुमा गरिएको परीक्षणका क्रममा पत्ता लागेका ११ जना संक्रमितमध्ये तीन जना बाँके बाहिरका थिए।

डेंगुका बिरामीले भरिभराउ टेकु अस्पताल (फोटोफिचर)

पछिल्लाे समय देशका अधिकांश जिल्लामा डेंगुका बिरामी बढ्दै गएका छन्। त्यस्तै डेंगुका बिरामी बढेसँगै शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा बिरामीको भीड देखिन थालेको छ।

हेटौंडामा डेंगुका बिरामी बढे, लार्भा नष्ट गर्ने अभियान तीव्र

’पछिल्लो समय हेटौंडा बजार क्षेत्रमा डेंगुको संक्रमण बढेको पाएपछि हामीले रोग नियन्त्रणका लागि लार्भा नष्ट गर्ने अभियान नै सञ्चालन गरिरहेका छौं’, लामाले भनिन्, ‘यो अभियानमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र विभिन्न सरोकारवाला निकायले सक्रियतापूर्वक सहभागिता जनाइरहेको छ। संक्रमण दर घटाउँदै डेंगु नियन्त्रण गर्ने अभियानमा रहेका छौं।’

डेंगुबाट बच्न काठमाडौँ महानगरद्वारा ‘लार्भा खोज र नष्ट गर’ अभियान

विशेषगरी साँझ–बिहानको समयमा सक्रिय हुने ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेंगुको संक्रमण फैलिने गर्छ। नेपालमा सन् २००४ मा पहिलो पटक डेंगुको बिरामी फेला परेको थियो।

चितवनका अस्पतालमा डेंगु र स्क्रबटाइफसका बिरामी बढे

साउन महिनामा गरिएका ९९९ जनाको नमूनामा ७६ जनामा डेंगु देखिएको हो। सोही अवधिमा २१७ जनाको परीक्षण गर्दा ३२ जजनामा स्क्रबटाइफस देखिएको छ।

दमौलीमा डेंगुका सात बिरामी भेटिए

एक सय डिग्रीभन्दा बढी ज्वरो आउने, आँखाको गेडी दुख्ने, खान मन नलाग्ने, वाकवाकी लाग्ने र कमजोरी हुने डेंगुका मुख्य लक्षण हुन्। उनले भने, 'बिरामीको अवस्था गम्भीर देखिएमात्रै अन्यत्र अस्पतालमा रिफर गरिनेछ।'

पहाड उक्लिदैं डेंगु सार्ने लामखुट्टे, पहाडमा बढ्नथाले डेंगुका बिरामी

‘जिल्लामा अहिले डेंगु फैलदो क्रममा छ। ४,५ जनामा स्क्रबसहितको डेंगु देखिएको छ। डेंगु बिरामी सबैको अवस्था अहिले सामान्य नै छ। इडिसिडिले डेंगु बिरामी देखिएको ठाउँहरुको निरीक्षण गरी जाँनुभएको छ। अब केही दिनमा रिर्पोट आउँछ।’

पर्वतमा दुई जनामा डेंगुको संक्रमण पुष्टि

घरमा बसिरहेको अवस्थामा लगातार ५/७ दिनसम्म ज्वरो आएपछि उपचारका लागि आएका उनीहरूमा संक्रमणको शङ्कामा प्रयोगशालामा गरिएको परीक्षणबाट डेंगु रहेको पुष्टि भएको हो। दुवै जनाको उपचार भइरहेको जनस्वास्थ्य निरीक्षक उपाध्यायले बताए।

म्याग्दीमा एकैदिन चार जना डेंगु र स्क्रब टाइफसका बिरामी भेटिए

बेनी अस्पतालमा उपचारका लागि आएका ३ महिला र एक पुरुषमा डेंगु र स्क्रब टाइफस पोजेटिभ देखिएको छ। एक्कासी टाउको दुख्ने, जोर्नीहरु दुख्ने, आलस्यता हुने जस्ता लक्षणहरू देखिएपछि अस्पतालमा उपचारका लागि आएका अन्नपूर्ण गाउँपालिका–४ का ३३ वर्षिय पुरुष, बेनपा–४ की ३२ वर्षिया महिला, बेनपा–५ की २२ वर्षिया महिलामा स्क्रब टाइफस र अन्नपूर्ण–६ की ३३ बर्षिय महिलामा डेंगु संक्रमण देखिएको बेनी अस्पतालका सुचना अधिकारी प्रकाश सुवेदीले बताए।

गण्डकी प्रदेशमा २७ डेंगु संक्रमित भेटिए

गण्डकी प्रदेशका ६ जिल्लामा डेंगुका बिरामी भेटिएका छन् । कोरोना भाइरसको जोखिमका बीच डेंगु र स्क्रब टाइफसको संक्रमणसमेत बढेको हो ।

समुदायले नै लामखुट्टेको बासस्थान खोज र नष्ट गर्न थाले

बेनी नगरपालिका भित्र वैशाख महिनामा मात्रै चारजनामा डेंगु पेजेटिभ देखिएपछि डेंगुबाट जोगिन बेनी बजारमा डेंगु रोग सार्ने लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियान सुरू भएको छ। हरेक मङ्गलबार तथा शनिबार डेंगु रोग सार्ने एडिस एजिप्टाइ जातको संक्रमित पोथी लामखुट्टेको खोज्ने तथा नष्ट गर्ने समुदायले नै सक्रिय भएका छन्।

विश्वमै डेंगुको प्रकोप छ, हाम्रोमा देखिएको संक्रमण जटिल छैनः उपप्रम यादव

सरकारले डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या अत्यन्तै न्यून रहेकाले आपतकालिन अवस्था घोषणा गर्नुपर्ने अवस्था नरहेको स्पष्ट पारेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्