१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

दार्चुलामा डेंगुका बिरामीले अस्पतालका शय्या भरिभराउ, कैदीको उपचारमा समस्या

भदौ पहिलो साताबाट जिल्लामा डेंगुका बिरामी ह्वात्तै बढेका छन्। डेंगुका बिरामीका कारण अस्पतालका शय्या भरिभराउ भएका छन्।

जिल्ला अस्पतालका डा. आदर्श लिम्बूका अनुसार भदौ पहिलो सातादेखि २२ गतेसम्म २८ डेंगुका बिरामी पुगेका छन्। जेठमा दुई जनामा डेंगु देखिएको थियो। साउनमा तीन जनामा देखिएको डेंगु अहिले आएर अस्पतालका शय्या भरिएका छन्। अहिले अस्पतालमा आउने अधिकांशमा डेंगुको लक्षण देखिएको छ।

डेंगुका बिरामीका कारण अस्पताल आउने अन्य बिरामी भर्ना गर्न नसकिने अवस्था आएको डा. लिम्बूले बताए। 'अरु बिरामी कहाँ राख्ने भन्ने समस्या भएको छ', उनले भने, 'अहिले डेंगुको जाँचका लागि किटको समस्या नभए पनि शय्याको समस्या देखिएको छ।'

एडिस (एजिप्टाई) जातिको पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरोमध्येमा डेंगु पर्दछ। उक्त लामखुट्टे दिउँसोको समयमा मात्र सक्रिय हुन्छ। बिरामीमा उच्च ज्वरो आउने, जीउ दुख्ने, बान्ता हुने, पेट दुख्ने रिंगटा लाग्नेलगायतका लक्षण देखिने गरेको डा. लिम्बू बताउँछन्।

कैदीको उपचारमा समस्या

जिल्ला कारागारका कैदीबन्दीमा डेंगु भेटिएको छ। ज्वरोका लक्षण देखिएका कैदीबन्दीमा डेंगु भेटिएको हो। अहिलेसम्म कारागारका सात जनामा डेंगु भेटिएको जिल्ला अस्पतालले जनाएको छ।

कारागारमा डेंगुका बिरामी बढी देखिएपछि कैदीबन्दीको उपचारमा समस्या भएको जेलर रामराज पन्तले बताए। जिल्ला अस्पतालमा पनि बिरामीको भीड छ। कैदीबन्दीको कारगारभित्रै उपचारका लागि पत्रचार गरिएको उनले बताए। 'अहिले कारागारमा ५७ कैदी र १४ बन्दी छन्। उनले भने, कारागारभित्र डेंगु नियन्त्रणका लागि प्रयास भइरहेको छ।'

प्रकाशित: २३ भाद्र २०७९ ०७:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App