भारतबाट खसीको तस्करी
बन्दाबन्दीको समयमा नेपाल र भारत दुवैतिरबाट औपचारिकरुपमा आवतजावत बन्द रहेको भए पनि खसीको तस्करी हुने गरेको पाइएको छ । रौतहट प्रहरीले एकै रातमा साढे सात लाख रुपैयाँ मूल्य बराबरको तस्करीको खसी बरामद गरेपछि लुकीछिपी तस्करी हुने गरेको रहस्य खुलेको हो ।