एम्बुलेन्समा गाँजा तस्करी गर्ने तीन पक्राउ
एम्बुलेन्समा अवैध लागूऔषध गाँजा तस्करी गर्दै गरेको अवस्थामा प्रहरीले चालकसहित तीन जनालाई पक्राउ गरेको छ। चितवनबाट फर्किरहेको एम्बुलेन्सलाई ईलाका प्रहरी कार्यालय नेवारपानीको प्रहरी टोलीले जाँच गर्दा तीन वटा झोलामा छ पोकामा लुकाई राखेको ३० किलो छ सय ग्राम गाँजा तथा ९१ हजार नेपाली रुपैयाँ र दुई हजार दुई सय भारतीय रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ।