५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

ठूलो परिमाणमा तस्करीको कपडा बरामद

बारा – बारा प्रहरीले शुक्रबार बिहान सिम्रौनगढ नगरपालिका–११ भगवानपुरको एउटा घरमा छापा मारेर भन्सार छलेर नेपाल भिœयाइएको ठूलो परिमाणमा कपडा बरामद गरेको छ। शुक्रबार नै पत्रकार सम्मेलन गरी भारतबाट अवैध रूपले नेपाल भिœयाइएको ३९ लाख ४६ हजार रुपैयाँबराबरको कपडा बरामद गरिएकोबारे जानकारी गराइएको हो।

बाराका प्रहरी उपरीक्षक विकासराज खनालले भगवानपुरका सञ्जय जयसवालको घरमा भन्सार छलेर नेपाल भिœयाइएको ठूलो परिमाणको कपडा भण्डारण गरिराखिएको सूचना पाइएपछि जिल्लाबाट डिएसपी रञ्जितसिंह राठौरको नेतृत्वमा गएको प्रहरी टोलीले खानतलासी गरी कपडा बरामत गर्न सफल भएको बताए। ‘जयसवालले पहिलादेखि नै प्रहरीको आँखा छल्दै भन्सार छलेर कपडा घरमा ल्याएर भण्डारण गर्थे,’ पत्रकार सम्मेलनमा खनालले भने, ‘उनको गतिविधिलाई निगरानी गर्दै जाँदा घरमै भण्डारण गरिएको भन्सार छलीको ३९ लाखभन्दा बढीको लत्ताकपडा बरामद गरियो।’

बरामद कपडा जयसवालले कोल्वी, निजगढ, हेटौंडा, काठमाडौंलगायत विभिन्न स्थानका व्यापारीलाई बिक्री गर्ने तयारी गरेको अनुसन्धानबाट खुल्न आएको खनालले बताए। जैसवालको घरबाट साडी, सुटिङ–सर्टिङका कपडा, कुर्ता–सुरुवाल, थान कपडा, लहंगा, गम्छा, बच्चाको कपडा फेला पारिएको बताइएको छ।

घरमा राखिएको तस्करीको कपडा बरामत गर्न प्रहरी घरमा पुग्दा जैसवालले घर छाडेर भागेको प्रहरी उपरीक्षक खनालले बताए। भारतसँग सिमाना जोडिएको बाराका सिम्रौनगढ, पचरौता, कवही, बेल्दारी, सनफुलवा, मटिअर्वा, बसतपुर, छतवा, मुसहर्वालगायत नाकाहरूबाट तस्कर समूहहरूले अवैध तरिकाले भारतबाट लत्ताकपडा, पटाका, खद्यान्नलगायत मालसामान तस्करी गर्न खोजेको तर प्रहरी सक्रियताले त्यसलाई धेरै हदसम्म नियन्त्रण गरिएको प्रहरी उपरीक्षक खनालले बताए।

चाडपर्वका बेला हुने आर्थिक तथा आपराधिक क्रियाकलाप रोक्न विशेष सुरक्षा व्यवस्था लागू गरिएपछि तस्करी नियन्त्रणमा प्रहरीलाई राहत मिलेको बाराका प्रहरी अधिकारीहरूले बताएका छन्। विशेष सुरक्षा व्यवस्थाअन्तर्गत जिल्लाभरिकै १६ वटा स्थानीय तह, भारतसँग सीमा जोडिएका नाकाहरू, राजमार्ग, मनिसहरुको बढी भीडभाड हुने बजार क्षेत्र, बैंक तथा वित्तीय क्षेत्रको २४सै घण्टा निगरानीका लागि चार सय ७६ प्रहरी परिचालन गरिएको खनालले बताए।

प्रकाशित: ९ कार्तिक २०७६ ०२:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App