१० मंसिर २०८१ सोमबार
image/svg+xml

भुतपुर्व खेलाडी मञ्चको लक्ष्य ‘एथलेटिक्स एकेडेमी ’

नेपाल भुतपूर्व खेलाडी मञ्च पोखराले एथलेटिक्सका खेलाडी उप्पादन गर्ने लक्ष्यसहितको एकेडेमी स्थापना गर्ने लक्ष्य राखेको छ। मञ्चको हालै सम्पन्न १२ औं वार्षिक साधारण सभामा अध्यक्ष हरिप्रसाद पराजुलीले आफनो योजना सार्वजनिक गर्दै एथलेटिक्स एकेडेमी स्थापना गरिने लक्ष्य राखिएको सुनाए।

पदाधिकारीको अभद्र व्यवहारले नतिजा छायामा

मैदानबाहिर दुवै टोलीका पदाधिकारीको अभद्र व्यवहार र खेलाडीबीचको तनावले सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत संकटा क्लब र विभागीय टोली एपिएफबीचको नवाैं चरणको खेलको नतिजालाई छायामा पारेको छ।

खेलाडी र खेलकर्मी विभिन्न सम्मानबाट विभूषित

नेपाली खेलकुदमा व्यक्तिगत स्पर्धाका सर्वाधिक सफल खेलाडी ओलम्पियन तेक्वान्दोका दीपक विष्टसहित खेलाडी तथा खेलकर्मी विभिन्न सम्मानबाट विभूषित भएका छन्।

खोटाङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

खोटाङमा तेह्रौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। यस प्रतियोगिताबाट आगामी वैशाख ११ गतेदेखि सुनसरीको इटहरीमा हुने प्रदेश स्तरीय प्रतियोगिताका लागि खेलाडी छनोट गरिने छन्।

गण्डकी प्रदेश सरकारबाट क्रिकेट खेलाडी नगदसहित पुरस्कृत

गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेशबाट प्रतिनिधित्व गरी अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्ने चार जना क्रिकेट खेलाडीलाई नगदसहित सम्मान गरेको छ।

प्रधानमन्त्रीद्वारा विजेता क्रिकेट खेलाडीलाई जनही तीन लाख पुरस्कारको घोषणा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीलाई जनही तीन लाख रुपैयाँ राशिको पुरस्कार घोषणा गरेका छन्।

हेटौंडामा नोभिस बक्सिङ सुरु

नयाँ खेलाडीको प्रतिभा प्रस्फृुटन र पहिचानको उद्देश्यसहित हेटौंडामा मंगलबारबाट अल नेपाल नोभिस बक्सिङ प्रतियोगिता सुरु भएको छ।

राष्ट्रिय महिला भलिबलः न्यु डायमण्ड च्याम्पियन

विभागीय टोली एपिएफ क्लवमाथि ३–२ को रोमाञ्चक जित निकाल्दै न्यु डायमण्ड छैटौं संस्करणको केएनपी राष्ट्रिय महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ।

भारतविरुद्ध न्युजिल्यान्डको न्यून स्कोर

कप्तान हार्दिक पाण्ड्याले चकित पार्ने पिच भन्दै प्रतिक्रिया दिएको न्यून योगफलको बनेको दोस्रो ट्वान्टी-२० क्रिकेटमा भारतले आइतबार न्युजिल्यान्डमाथि ६ विकेटको जित निकाल्दै शृंखला बराबरीमा ल्याएको छ।

महवुव आलमले खेलाडीमार्फत गराउन खोजेका थिए स्पट फिक्सिङ

पूर्व राष्ट्रिय क्रिकेट खेलाडी समेत रहेका महवुव आलमले कम्तीमा दुई जना नेपाली खेलाडीलाई आर्थिक प्रलोभन देखाई स्पट फिक्सिङको प्रयास गरेको पाइएको प्रहरीले बताएको छ।

खेलभित्रको झेल

नेपालको खेलकुदले व्यावसायिक रूपमा सफलता पाउन नसकिरहेका बेला ‘फिक्सिङ’को घटना दोहोरिनुले खेलकुदको भविष्यमाथि नै प्रश्न उठेको छ।

राष्ट्रिय खेलाडीहरु पलायन हुने क्रम ह्वात्तै बढ्यो, खेल र खेलाडीको दिगो विकासमा चुक्दै राज्य

यो वर्ष धेरै खेलाडी आफ्नो सुरक्षित भविष्य खोजी गर्ने नाममा अस्ट्रेलिया पलायन भइरहेका छन्। यसै क्रममा आज (बुधबार) राष्ट्रिय टोलीबाट खेलिसकेका रन्जन विष्ट र नितिन थापा सुरक्षित भविष्यको लागि अस्ट्रेलिया गएका छन्। यस्तै हिजो (मंगलबार) मात्रै राष्ट्रिय टोलीका सुरुआती–११ कै तीन खेलाडी तेज तामाङ, दिनेश राजवंशी र गौतम श्रेष्ठ अस्ट्रेलिया गएका छन्।

भलिबल खेलाडीलाई सम्मान

राष्ट्रिय महिला भलिबल खेलाडी रेश्मा भण्डारीलाई कमला कार्की स्मृति प्रतिष्ठानले मंगलबार आठौं स्मृति दिवसमा सम्मान गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्