१४ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

भलिबल खेलाडीलाई सम्मान

राष्ट्रिय महिला भलिबल खेलाडी रेश्मा भण्डारीलाई कमला कार्की स्मृति प्रतिष्ठानले मंगलबार आठौं स्मृति दिवसमा सम्मान गरेको छ।

राष्ट्रलाई विभिन्न क्षेत्रबाट सेवा गर्दै आएका व्यक्ति तथा संस्थालाई हरेक वर्ष सम्मान गर्दै आएको प्रतिष्ठानले मंगलबार खेलकुद क्षेत्रबाट राष्ट्रको मान, सम्मान र प्रतिष्ठा अन्तर्राष्ट्रिय स्तरमा उँचो पार्न विशेष योगदान गरेबापत एपिएफ क्लबकी भलिबल खेलाडी रेश्मालाई नगद १५ हजार १ रूपैयाँ र प्रशंसापत्रसहित सम्मान गरेको हो।

नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुदमा रजत तथा बंगलादेशमा भएको एभिसी सेन्ट्रल जोन भलिबलको पहिलो संस्करणमा नेपालले स्वर्ण जित्दा रेश्मा टोलीकी सदस्य थिइन्। प्रतिष्ठानले भलिबल खेलाडी रेश्मासँगै विभिन्न क्षेत्रमा योगदान पुर्‍याउनेलाई सम्मान गर्ने क्रममा पत्रकारितातर्फ दी राइजिङ नेपालकी मञ्जिमा ढकाल, कलाकारतर्फ सितारवादक सीतामैया राजवललाई सम्मान ग¥यो। दुवैलाई जनही १५ हजार १ रूपैयाँ र प्रशंसापत्र प्रदान गरियो।

त्यस्तै ज्येष्ठ नागरिकतर्फ चन्द्रागिरि नगरपालिकाकी जनमाया महर्जन र पम्पादेवी कटुवाललाई प्रतिष्ठानले नगद १५ हजार १ रूपैयाँ र प्रशंसापत्र प्रदान गर्दै सम्मान गर्‍यो।

संस्थातर्फ रेनुका दुलाल स्मरण प्रतिष्ठानका अध्यक्ष चन्द्र दुलाल सम्मानित भएका थिए। प्रतिष्ठानले दुलाललाई सामाजिक क्षेत्रमा पुर्‍याएको विशेष योगदानका लागि नगद १ लाख १ रूपैयाँ र प्रशंसापत्रसहित सम्मान गरेको हो। उनहीहरूलाई माइती नेपालकी अध्यक्ष सिएनएन हिरो अनुराधा कोइराला, चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी, प्रदेश सांसद रामकृष्ण चित्रकार, प्रतिष्ठानका अध्यक्ष मोहन कार्की लगायतले नगद, प्रशंसापत्र प्रदान गरे। सो अवसरमा आमाको महिमाको बारेमा गीत र कविता पनि पाठ गरिएको थियो।

प्रकाशित: २७ पुस २०७९ ०२:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App