२४ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

पदाधिकारीको अभद्र व्यवहारले नतिजा छायामा

एपिएफविरुद्ध गोल गरेपछि संकटाका खेलाडी (बायाँ) र ‘बी’ डिभिजन लिगको माग गर्दै सांकेतिक विरोध प्रदर्शनमा क्लब ।तस्बिर: नागरिक

मैदानबाहिर दुवै टोलीका पदाधिकारीको अभद्र व्यवहार र खेलाडीबीचको तनावले सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत संकटा क्लब र विभागीय टोली एपिएफबीचको नवाैं चरणको खेलको नतिजालाई छायामा पारेको छ।

आइतबार च्यासल फुटबल मैदानमा संकटा र एपिएफबीचको खेल दिउँसो ३ बजेका लागि तय गरिएको थियो। तर संकटा र एपिएफका गोलकिपरको जर्सी जुधेका कारण खेल निर्धारित सयममा सुरु हुन सकेन। संकटाका गोलकिपर टिकेन्द्र थापाले अफिसियलले प्रयोग गर्ने पोलो टिसर्ट लगाएर मैदान उत्रिएका थिए। खेल निर्धारित समयभन्दा २७ मिनेट ढिला सुरु भयो।

खेलको २९औं मिनेटमा जुनियर ओन्गुनाको पेनाल्टी गोलमा संकटाले अग्रता लिएको थियो। एपिएफका अडामा डोम्बियाले आयुष घलानलाई लडाएपछि संकटाले पेनाल्टीको अवसर पाएको थियो। जसमा जुनियर सफल भए।

संकटाका गोलकिपर टिकेन्द्र थापाले अफिसियलले प्रयोग गर्ने पोलो टिसर्ट लगाएर मैदान उत्रिएका थिए। खेल निर्धारित समयभन्दा २७ मिनेट ढिला सुरु भयो।

दोस्रो हाफको खेल त झनै तनावपूर्ण बन्यो। एपिएफका सहायक प्रशिक्षक जीवेश पाण्डेले मैदानभित्रै प्रवेश गरेर खेल सुरु हुन नदिने अडान राखे। यसअघिका खेलमा आफ्ना खेलाडीमाथि रेफ्रीले एउटा नियम लगाएको तर सो नियम अन्य क्लबका खेलाडीमाथि नलगाएको भन्दै पाण्डे मैदानबाट बाहिर ननिस्कएपछि खेल ५ मिनेट ढिला गरी सुरु भएको थियो।

दोस्रो हाफमै मैदानमा ‘बी’ डिभिजन क्लबहरूले लिग कहिलेबाट सञ्चालन हुन्छ भन्दै सांकेतिक विरोध प्रदर्शन गरेका थिए। अखिल नेपाल फुटबल संघ (एन्फा) ले चैत २९ बाट लिग सुरु हुने बताए पनि आर्थिक अभावका कारण लिग सञ्चालन गर्न नसकिने बताएपछि ‘बी’ डिभिजनका क्लब विरोध पदर्शन गरिरहेका छन्।

खेलको ६९औं मिनेटमा संकटाका मनीष डाँगी र एपिएफका दीपेश धिमाल दोस्रो पहेँलो कार्डको दर्शन गर्दैै मैदानबाट बाहिरिएपछि दुवै क्लब १० खेलाडीमा सीमित भएका थिए भने दुवै टोलीका पदाधिकारी रेफ्रीको निर्णयको विरोधमा उत्रिएका थिए। त्यसअघि दीपेशले १३औं मिनेटमा र मनीषले ६३औं मिनेटमा पहेँलो कार्डको दर्शन गरेका थिए।

दोस्रो हाफमै मैदानमा ‘बी’ डिभिजन क्लबहरूले लिग कहिलेबाट सञ्चालन हुन्छ भन्दै सांकेतिक विरोध प्रदर्शन गरेका थिए।

दुवै क्लबका पदाधिकारीहरूले रेफ्री नवीन्द्र महर्जन र फोेर्थ अफिसियल प्रतिक घिमिरेमाथि अपशब्द प्रयोग गरेका थिए। यद्यपि पदाधिकारीको अभद्र व्यवहारमा भने रेफ्री मौन बसेका थिए।

७६औं मिनेटमा रेफ्रीको निर्णयको विरोध गरेको भन्दै आन्द्रे थिएरी बिइक बिइक पनि दोस्रो पहेँलो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएका थिए। उनले ७५औंं मिनेटमा पहिलो पहेँलो कार्डको दर्शन गरेका थिए। संकटाका प्रशिक्षक सल्यान खड्गीले रेफ्रीको निर्णय दुवै टोलीका खेलाडी र पदाधिकारीलाई आक्रोशित बनाउने खालको रहेकाले खेल तनावपूर्ण हुन पुगेको बताए।

‘आज हामी ९ खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरे पनि जितसहित खेल अन्त्य गर्न सफल भएका छाैं। हामी जितको लक्ष्यमा आएका थियाैं, त्यो पूरा भयो,’ खड्गीले भने, ‘तर रेफ्रीको गलत निर्णयका कारण हाम्रा दुई प्रमुख खेलाडी मनीष र बिइकले आगामी खेल गुमाउने भएका छन्। यसले टोलीको प्रदर्शनमा असर गर्नेछ। रेफ्रीले खेल नियन्त्रण गर्नुभन्दा पनि पटक पटक दुवै टोलीका खेलाडी र पदाधिकारीलाई आक्रोशित पार्ने काम गरे।’

७६औं मिनेटमा रेफ्रीको निर्णयको विरोध गरेको भन्दै आन्द्रे थिएरी बिइक बिइक पनि दोस्रो पहेँलो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएका थिए।

एपिएपका प्रशिक्षक रत्नकाजी महर्जनले पनि रेफ्रीले खेल नियन्त्रणमा लिन नसकेको आरोप लगाए। ‘आज दुवै टोलीको फेयर प्ले रहेन। रेफ्रीले पटकपटक गलत निर्णय गरिरहे,’ महर्जनले भने, ‘हामीले पहिलो हाफमा आएको गोलमा खेलको नतिजा संकटाको पोल्टामा गयो। तर नतिजाभन्दा पनि रेफ्रीको विवादित निर्णयले खेल पटकपटक रोकियो। रेफ्री खेल पूर्ण रूपमा नियन्त्रणमा राख्न असफल रहे।’

एपिएपका प्रशिक्षक रत्नकाजी महर्जनले पनि रेफ्रीले खेल नियन्त्रणमा लिन नसकेको आरोप लगाए।

संकटा ९ खेलमा १५अंकसहित चौथो स्थानमा उक्लिँदा एपिएफ भने समान खेलमा ११ अंकसहित नवौं स्थानमा छ। आइतबार नै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल पुलिस क्लबसँग गोलरहित बराबरीमा रोकिएसँगै सातदोबाटो युथ क्लबले शीर्ष स्थानमा पुनरागमन गर्ने अवसर गुमाएको छ। सातदोबाटो ९ खेलमा १७ अंकसहित दोस्रो स्थानमा छ। समान खेलमा समान १७ अंक भए पनि जावलाखेल गोलअन्तरमा शीर्ष स्थानमा रहेको छ। पुलिस भने ९ खेलमा ५ अंकसहित १४औं स्थानमा छ।

प्रकाशित: ४ वैशाख २०८० ०१:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App