४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सीमा मिचेको विरोध गर्ने ५ जना नियन्त्रणमा (अपडेट)

नेपाली भूमि मिचेको विरोध गर्दै भोजपुरे देशभक्त राष्ट्रवादी जनपक्षिय युवा समूहका प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भारतले लिपुलेक र कालापानी क्षेत्रमा जथाभावी सडक बनाएको भन्दै विरोध गर्ने केहि प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको हो । प्रक्राउ पश्चात जिल्ला प्रहरी कार्यालय लगिएको उनिहरुलाई नेपाल पत्रकार महासंघको रोहवरमा केहिपछि छाडिएको हो ।

किन दिँदैछ नेपालले चीनलाई कुटनीतिक नोट ?

दक्षिणको छिमेकी भारतबीच लिपुलेकको स्वामित्वका विषयमा विवाद बढिरहेका बेला नेपालले यही विषयमा उत्तरको छिमेकी मुलुक चीनलाई पनि कुटनीतिक नोट बुझाउँदै छ।

भारतीय हस्तक्षेपविरुद्ध सुर्खेतमा विरोध (अपडेट)

भारतले नेपालको भूमि मिचेर चीनको मानसरोवरसम्म जाने सडक निर्माण गरेको भन्दै सुर्खेतमा विरोध गरिएको छ । सुर्खेतका तेजबहादुर शाहीको नेतृत्वमा उक्त विरोध र्‍याली निकालिएको हो ।

राष्ट्रियसभा शून्य समयः सीमामा काँडेतार वा पर्खाल लगाउन माग

राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्ने सांसदहरुले नेपाल भारतसीमा क्षेत्रमा काँडेतार लगाउनुपर्ने माग गरेका छन्। सीमा क्षेत्रमा रहेका नागरिकहरुलाई भारतीय गतिविधिहरुले आक्रान्त बनाएको उल्लेख गर्दै सांसदहरुले काँडेतार वा पर्खाल लगाउन माग गरेका हुन्।

नेपालले चीनलाई पनि लिपुलेकबारे कूटनीतिक नोट बुझाउने

‘चीनका लागि नेपाली राजदूतले सम्भवतः बुधबार बेइजिङलाई स्थितिबारे अवगत गराउँदै कूटनीतिक नोट बुझाउनेछन्,’ उच्च कूटनीतिक स्रोतले नागरिकलाई भन्यो, ‘हामीले भारत र चीनबीच सन् २०१५ मा लिपुलेक भञ्ज्याङ हुँदै व्यापार मार्ग खोल्ने निर्णयको विरोध यसअघि नै गरिसकेका छौं ।’

लिपुलेकको सडक खारेजीको माग गर्दै सात संघ संस्थाले पठाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र (अपडेट)

भारतले एकतर्फी रुपमा मिचेको नेपाली भूमि फिर्ता गरियोस भन्दै नागरिक समाज लगायतका सात वटा संघ संस्थाहरुले सयुक्त रुपमा ज्ञापन पत्र जारी गर्दै प्रधानमन्त्रीलाई पठाएका छन् । नागरिक समाज, जिल्ला अदालत बार ईकाई, गैसस महासंघ, उद्योग वाणिज्य संघ, निर्माण व्यवसायि संघ, पत्रकार महासंघ र होटेल व्यवसयि संघ डडेल्धुराले सयुक्त रुपमा ज्ञापन पत्र जारी गर्दै लिपुलेक नेपालको भूमि भएको बुँदासहित उल्लेख गर्दै सात बुँदे मागसहितको सुझावको ज्ञापनपत्र मंगलबार प्रधानमन्त्रीलाई पत्र पठाईएको हो ।

विरोध प्रदर्शन गर्न माइतीघर पुगेका विवेकशीलका कार्यकर्ता पक्राउ

भारतले दार्चुलाको लिपुलेकमा सडक बनाएको विरोधमा प्रदर्शन गर्न काठमाडौंको माइतीघर पुगेका विवेकशील नेपाली दलका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ।

नेपाली भूमि अतिक्रण हुनुमा सबै सरकार जिम्मेवार: परिवार दल

नेपाल परिवार दलले नेपालको सुदूरपश्चिममा भारतीय पक्षबाट गरिएको सीमा अतिक्रण विरुद्ध प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ।

सरकारले भारतीय राजदूतलाई बुझायो कुटनीतिक नोट

नेपालको भूमि लिपुलेकमा भारतले एकतर्फी रूपमा सडक निर्माण गरेका विषयमा नेपालले भारतीय राजदूत विनय मोहन क्वात्रालाई कुटनीतिक नोट बुझाएको छ। राजदूत क्वात्रालाई सोमबार परराष्ट्र मन्त्रालयमा बोलाएर कुटनीतिक नोट बुझाइएको हो। परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले सीमा विषयमा नेपाल सरकारको पोजिसन बारे भारतीय राजदूतलाई जानकारी गराउँदै कुटनीतिक नोट बुझाएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

विवाद समाधानका लागि नेपालको प्रस्ताव भारतले वेवास्ता गर्‍यो : मन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाली भूभागमा भारतीय पक्षले सडक निर्माण गरिरहेका बारेमा नेपाल सरकारलाई जानकारी भएको बताएका छन्।

लिपुलेकमा भारतले सडक निर्माण गरेको विरोधमा प्रदर्शन (फोटो फिचर)

लिपुलेकमा भारतले गरेको सडक विस्तारको विरोध गर्दै काठमाडौंमा प्रदर्शन भएको छ। बानेश्वर संसद भवन नजिक युवाहरुले सेभ द बोर्डरको नारा लगाएका थिए। बानेश्वरको पानीट्याङकीबाट संसद भवनतर्फ आइरहेको टोलीलाई प्रहरीले रोकेको थियो।

लिपुलेकमा देश दुखेको छ

भारतले नेपाली भूभाग लिपुलेक भञ्ज्याङ हुँदै चीनको सीमासम्म कैलाश मानसरोवर सडक उद्घाटन गरी नेपालको सम्प्रभुतामाथि गम्भीर हस्तक्षेप गरेको छ।

लिपुलेक त्रिदेशीय समस्या : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले भारतले नेपालको सीमा अतिक्रमण गरेको विषयमा सरकारले अपनाउने कुटनीतिक पहल ठिक हुनुपर्ने बताएका छन्।

परराष्ट्रमन्त्रीले संसदमा भने : भारतले बनाएको सडकको विषयमा सम्झौतारहित अडान राख्छौं

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले नेपालको भूमि समेत प्रयोग गर्दै धार्चुलाबाट लिपुलेकसम्म जोड्ने नयाँ मार्ग बनाउन थालेको विषयबारे संसदमा जानकारी गराएका छन्।

भारतले नेपाली भूभाग अतिक्रमण गरी सडक बनाएको विषय कांग्रेसले सदनमा उठाउने

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतले नेपाली भूभाग अतिक्रमण गरी सडक बनाएको विषयलाई संसदमा उठाउने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्