४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नेपालको आपत्तिपछि भारतको प्रतिक्रिया : लिपुलेकको सडक भारतीय भूभागमा छ

नेपालको भूभाग लिपुलेकमा भारतले सडक विस्तार गरेको विषयमा नेपाल सरकारले आपत्ति जनाएलगत्तै भारतले त्यसमा प्रतिक्रिया जनाएको छ।

दुई करोडको पुल छ महिना टिकेन

निर्माण सम्पन्न भएको छ महिना पनि नपुग्दै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख–स्वाँत जोड्ने आर्क मोटरेबल पुल जीर्ण बनेको छ।

लिपुलेकमा भारतीय सडक ‘हेपाहा प्रवृत्तिको पुनरावृत्ति’

दार्चुलाका प्रजिख यदुनाथ पौडेलले भारतले धार्चुलादेखि तिब्बतको मानसरोवरजोड्ने सडक सन् २००८ मा निर्माण सुरु गरेको बुझिन आएको बताए। उक्त सडकको करिब १७ किलोमिटर नेपाली भूमिमा पर्छ। नेपाली भूमिमा १७ किलोमिटर सडक कहिले बन्यो भन्ने जानकारी नभएको उनले बताए।

भारतले लिपुलेक हुँदै मानसरोबर जाने सडक बनाएकोप्रति नेपालको आपत्ति

भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोबर जाने सडक बनाएकोप्रति नेपाल सरकारले आपत्ति जनाएको छ। परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्ति जारी गरेर भारतले नेपाली भूमि लिपुलेकमा शनिबार बाटो उद्घाटन गरेको जानकारी भएको भन्दै त्यसप्रति आपत्ति जनाएको हो।

अवरुद्ध पुलको काम सुरु गर्ने स्वीकृतिका लागि प्रशासनलाई आग्रह

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले लकडाउनका कारण अवरुद्ध भएको साप्सु खोला पुलको काम सुचारु गर्ने स्वीकृति दिन प्रशासनलाई आग्रह गरेको छ ।

पुलको अवरुद्ध काम सूचारु गर्ने स्वीकृतिका लागि प्रशासनलाई आग्रह

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले लकडाउनका कारण अवरुद्ध भएको साप्सु खोला पुलको काम सूचारु गर्ने स्वीकृतिका लागि प्रशासनलाई आग्रह गरेको छ । कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणकाक्रममा लागू गरिएको लकडाउनका कारण ठप्प भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खा जोड्ने साप्सु खोलाको मोटरेबल पुलको काम सूचारु गर्नका लागि स्वीकृति प्रदान गर्न आग्रह गरेको हो ।

लकडाउनको समयमा पनि पुल निर्माणको काम जारी

निर्माण कार्य सक्ने सम्झौताअघि नै काम सक्ने गरी लकडाउनकै समयमा पुल निर्माणको काम जारी छ । लकडाउनका कारण देश भरीका अधिकांश विकास निर्माणका काम ठप्प रहेका समयमा डडेल्धुरामा भने पुल निर्माण कार्य जारी छ । कोरोना भाइरसको संत्रासका बीचमा पनि पुल निर्माणको काम जारी रहेको हो ।

हनुमन्ते खोलाको पुल अन्तिम चरणमा

भक्तपुर नगरपालिका वडा नं ७ स्थित छिपा ताँ (हनुमन्ते खोला) पुलको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पुलमा सोमबार ढलान कार्य गरिएको छ । स्थानीय उपभोक्ता समितिमार्फत २ करोड २८ लाख ३ सय ९३ रुपैयाँ लागत इष्टिमेट रहेको पुलको निर्माण कार्य सुरु भएको थियो । बन्दाबन्दी (लकडाउन) का कारण केही समय रोकिएको पुन पुनर्निर्माण कार्य पुनः सुरु भएको हो ।

पुष्पलाल लोकमार्गमा ८१ पुल तयार

पुष्पलाल (मध्यपहाडी) लोकमार्ग अन्तर्गत पर्ने ८१ वटा पक्की पुलको निर्माण सकिएको छ । लोकमार्गमा एक सय २९ वटा पुल निर्माणधीन अवस्थामा रहेकामा ४८ बनाउन बाँकी छ ।

चालु आवमै सकिने दुई सय पुल अर्काे वर्ष धकेलिने निश्चित

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोक्न सरकारले देश लकडाउन गरेसंगै चालु आर्थिक वर्षभित्रै निर्माण सम्पन्न हुने लक्ष्य राखिएका दुई सयभन्दा बढी पुलको निर्माण कार्य प्रभावित भएका छन्।

पुल तथा नदी नियन्त्रणको काम तत्कालै अघि नबढे व्यवसायीको अर्बाै रकम जोखिममा

नेपाल निर्माण व्यवसायी महासंघले कोरोना भाइरसको नियन्त्रण तथा रोकथामको लागि गरिएको लकडाउनको कारणले रोकिएको पुल तथा नदी नियन्त्रणको काम तत्कालै अघि नबढे व्यवसायीको अर्बाै रुपैयाँ जोखिममा पर्ने जनाएको छ। लकडाउनको कारणले पुल तथा नदी नियन्त्रण कार्य प्रभावित भएकाले तत्कालै निर्माणको वातावरण बनाइदिन सरकारसँग अनुरोध गरेका छन्।

कोराना कहर: झोलुङ्गे पुलमा ढुंगाको बार

कोराना भाइरसको संक्रमण फैलन जुम्लाको सापुल्ली गाउँहुदै ताम्ती टोप्ला हुदै जाजरकोट जाने सडकमा निर्माण भएको झालुङ्गे पुलमा ढुंगाको बार लगाइएको छ।

जोखिम रोक्न झोलुङ्गे पुल बन्द

मानिसहरुको आवागमनका कारण कोरोना भाइरसको सम्भावित जोखिम हुने भएकाले बर्दियाको मधुवन र बारबर्दिया नगरपालिका जोड्ने कुसुम्बा घाटको झोलुङ्गे पुलमा ताला लगाइएको छ।

संसदीय समितिमा लिपुलेक र एमसीसीका कुरा

चीनका लागि प्रस्तावित राजदूत महेन्द्र बहादुर पाण्डेको नाम अनुमोदन गर्न बसेको संसदीय समितिमा मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) र लिपुलेकको चर्चा भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्