coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेपालको आपत्तिपछि भारतको प्रतिक्रिया : लिपुलेकको सडक भारतीय भूभागमा छ

काडमाडौ- नेपालको भूभाग लिपुलेकमा भारतले सडक विस्तार गरेको विषयमा नेपाल सरकारले आपत्ति जनाएलगत्तै भारतले त्यसमा प्रतिक्रिया जनाएको छ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ताले शनिबार एक विज्ञप्ति जारी गर्दै उत्तराखण्डको पिथौरागढ जिल्लामा उद्घाटन गरिएको सडक पूर्णतया भारतीय भूभागमा रहेको दाबी गरेका छन्। विज्ञप्तिमा नेपालको परराष्ट्रमन्त्रालयले भारतले बनाएको सडकका बारेमा जारी गरेको प्रेस विज्ञप्ति बारे जानकारी प्राप्त गरेको जनाइएको छ। विज्ञप्तिमा भनिएको छ ‘यो कैलाश मानसरोवर यात्रामा जाने तिर्थयात्री प्रयोग गर्ने पहिले कै सकड हो। अहिलेको परियोजना अनुसार सोही सडकलाई  पैदलयात्री, तिर्थयात्री र व्यापारिक प्रयोजनका लागि प्रयोग गर्ने गरी विस्तार गरिएको हो।’ 

भारत र नेपालले सीमा विषयलाई सम्बोधन गर्नका लागि संयन्त्र निर्माण गरेको र  नेपालसँगको सीमा सम्बन्धी काम अहिले पनि जारी नै रहेको विज्ञप्तिमा जनाइएको छ। भारत कुटनीतिक संवाद र दुई मुलुकबीचको घनीष्ठ एवं मैत्रीपूर्ण द्धिपक्षिय सम्बन्धको भावना अनुसार नसुल्भिलएका सीमासम्बन्धी मुद्दा टुंग्याउन प्रतिवद्ध रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

दुवै पक्ष विदेश सचिवस्तरीय छलफलको प्रक्रियामा रहेका छन् र कोभिड १९ को चूनौतिलाई सफलतापूर्वक सम्बोधन गरेपछि छलफलको मिति तय हुने जनाइएको छ। 

 

 

 

 

प्रकाशित: २८ वैशाख २०७७ ०४:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App