४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

हनुमन्ते खोलाको पुल अन्तिम चरणमा

भक्तपुर- भक्तपुर नगरपालिका वडा नं ७ स्थित छिपा ताँ (हनुमन्ते खोला) पुलको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पुलमा सोमबार ढलान कार्य गरिएको छ । स्थानीय उपभोक्ता समितिमार्फत २ करोड २८ लाख ३ सय ९३ रुपैयाँ लागत इष्टिमेट रहेको पुलको निर्माण कार्य सुरु भएको थियो । बन्दाबन्दी (लकडाउन) का कारण केही समय रोकिएको पुन पुनर्निर्माण कार्य पुनः सुरु भएको हो ।

वर्षातको कारण बाढी आएमा पुल ढलानको लागि राखिएको फर्मा बगाउन सक्ने सम्भावनालाई ध्यानमा राखी उक्त कार्य सुरु गरिएको स्थानीय उपभोक्ता समितिले जनाएको छ । विश्रुवब्यापी महामारीको कारण देशभर सयौं योजनाहरु अलपत्र अवस्थामा छन् ।

 

प्रकाशित: ८ वैशाख २०७७ १२:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App