coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सरकारले भारतीय राजदूतलाई बुझायो कुटनीतिक नोट

काठमाडौं – नेपालको भूमि लिपुलेकमा भारतले एकतर्फी रूपमा सडक निर्माण गरेका विषयमा नेपालले भारतीय राजदूत विनय मोहन क्वात्रालाई कुटनीतिक नोट बुझाएको छ। राजदूत क्वात्रालाई सोमबार परराष्ट्र मन्त्रालयमा बोलाएर कुटनीतिक नोट बुझाइएको हो। परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले सीमा विषयमा नेपाल सरकारको पोजिसन बारे भारतीय राजदूतलाई जानकारी गराउँदै कुटनीतिक नोट बुझाएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भारतले गत शुक्रबार नेपालको भूभाग लिपुलेकमा विस्तार गरिएको सडकको उद्घाटन गरेपछि त्यसले दुई मुलुकबीच विवाद उत्पन्न भएको छ। भारतले २ नोभेम्बर २०१९ मा प्रकाशित गरेको आफ्नो राजनीतिक नक्सामा नेपालको भूभाग  प्रकाशित गरेको विवाद साम्य नहुँदै नेपालको भूभाग हुँदै कैलाश मानसरोवर जोडने सडक निर्माण गरेको हो। भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार यसको भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेका थिए।

 भारतीय नक्सामा नेपाली भूभाग प्रकाशित गरेको विषयमा नेपाल सरकारले कुटनीतिक नोट समेत पठाएको थियो। यस विषयमा थप छलफलका लागि भारतलाई मिति प्रस्तावित गरेपनि भारतले त्यसको जवाफ नै नदिई नेपाली भूभागमा सडक निर्माण गरेको मन्त्री ज्ञवालीले आइतबार संसद बैठकमा जानकारी दिएका थिए। 

भारतले एक पछि अर्काे गर्दै नेपालको भूभागमाथिको स्वामित्वलाई स्थापित गर्न खोजेपछि नेपालमा त्यसको व्यापक विरोध र आरोचना सुरू  भएको छ।

 

प्रकाशित: २९ वैशाख २०७७ ०९:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App