coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भारतीय हस्तक्षेपविरुद्ध सुर्खेतमा विरोध (अपडेट)

वीरेन्द्रनगरमा गरिएको आन्दोलनमा सहभागी । तस्बिरः गणेश/नागरिक

वीरेन्द्रनगर- भारतले नेपालको भूमि मिचेर चीनको मानसरोवरसम्म जाने सडक निर्माण गरेको भन्दै सुर्खेतमा विरोध गरिएको छ । सुर्खेतका तेजबहादुर शाहीको नेतृत्वमा उक्त विरोध र्‍याली निकालिएको हो ।

 लिपुलेक सडक विस्तार बन्द गर, कालापानीबाट सेना फिर्ता गरलगायतका नारा लगाउँदै वीरेन्द्रनगरस्थित पीपल चौतारा नजिकै उक्त विरोध गरिएको हो । उक्त विरोध र्‍यालीमा धेरै सर्वसाधारणको सहभागिता थिएन । विरोध र्‍यालीमा सहभागी हुँदा प्रहरीले पक्राउ गर्ने डर त्रासका कारण थोरैले सांकेतिकस्वरूव लुकीछिपी विरोध जनाएको उक्त र्‍यालीमा सहभागी कमलप्रसाद पौडेलले जानकारी दिए ।

‘जिल्ला प्रशासन कार्यालयमा शान्तिपूर्ण रूपमा विरोध जनाउने अनुमति मागेका थियौं,’ आन्दोलनको नेतृत्व गरेका तेजबहादुरले भने, ‘प्रशासनले अनुमति नदिएपछि सांकेतिक विरोध गरेका हौं ।’ नेपाल आमाको अस्मिता लुटिँदा सुर्खेतमा कुनै पनि राजनीतिक दलले विरोध गर्न नसकेकाले आफुनै अगाडि सरेर विरोध जनाइएको उनको भनाइ छ ।

 ‘र्‍यालीमा थोरै थियौ,’ उनी भन्छन्, ‘नेपाल आमालाई चोट लाग्दा सानो भए पनि स्वर निमाल्न सक्यौ । यसमै खुसी छौं ।’ नेपालको भूमि मिचेर भारतले नेपालको सहमतिबिना एकतर्फी सडक निर्माण गर्नु भारतको हेपाह प्रवृति भएको भन्दै उनले यसको विरोधमा सबै लाग्नु पर्ने बताए ।  

भारतको हस्तक्षेपविरुद्ध आवाज उठाउन प्रहरी प्रशासनले नदिएको उनको भनाइ छ ।

 

 

प्रकाशित: ३१ वैशाख २०७७ ०८:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App