५ आश्विन २०८१ शनिबार
image/svg+xml

‘राजनीतिक संकटको कारक राष्ट्रपति र प्रधानमन्त्री’

सर्वपक्षीय बैठकमा सहभागी अधिकांश दलका नेताले प्रतिनिधिसभा विघटनको सिफारिस गर्ने प्रधानमन्त्रीको कदम र त्यसलाई सदर गर्ने राष्ट्रपतिको कदमले २०६२/६३ को जनआन्दोलनबाट प्राप्त लोकतान्त्रिक गणतन्त्र नै संकटमा परेको आरोप लगाएका हुन्।

नियमानुसार छात्रवृत्ति नदिँदा आन्दोलनको तयारीमा विद्यार्थी

त्रिभुवन विश्वविद्यालय (त्रिवि) बाट सम्बन्धन लिएका उपत्यकाका सबै निजी कलेजले विद्यार्थीले कानुनी रूपमा पाउनुपर्ने छात्रावृत्ति नदिएको भन्दै विद्यार्थीहरू आन्दोलनको तयारीमा छन्।

म्यानमारको हिंसात्मक दमनविरुद्ध दूतावासअगाडि प्रदर्शन

म्यानमारको सैन्य सरकारले गरिरहेको हिंसात्मक दमनको विरोध गर्दै बृहत् नागरिक आन्दोलनले विरोध प्रदर्शन गरेका छन्। शुक्रबार नक्खुको भैंसेपाटीस्थित म्यानमार दूतावासअगाडि बृहत् नागरिक आन्दोलनको अगुवाइमा नागरिक अभियन्ताले विरोध प्रदर्शन गरेका हुन्।

भत्काइयो कमलपोखरीको कंक्रिट संरचना

बृहत् नागरिक आन्दोलनका अभियन्ताहरूले राजधानीको कमलपोखरीको बीच भागमा निर्माण भइरहेको कंक्रिट संरचना भत्काइदिएका छन्। शुक्रबार सडक विस्तारका नाममा स्थानीयको उठिबास लगाएको भन्दै बृहत् नागरिक समाज, बृहत् नागरिक आन्दोलन, उपत्यकाव्यापी सडक संघर्ष समिति र नेवाः देः दबु लगायत संस्थाहरूले माइतीघर मण्डलमा आयोजना गरेको विरोध प्रदर्शनपछि कमलपोखरीसम्म मार्चपास गरेका थिए।

बृहत् नागरिक आन्दोलनको मार्चपास, घोषणापत्र जारी

२००७ सालमा प्राप्त प्रजातन्त्रको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ। शुक्रबार नेपाली सेनाले प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राजधानीको सैनिक मञ्चमा विशेष भइरहँदा बृहत् नागरिक आन्दोलनले भने प्रतिनिधिसभा विघटनको विरोधमा ‘टुँडिखेल मार्च’ को आयोजना गरेर घोषणापत्र जारी गरिएको छ। मार्चपासपछिको कोणसभामा लेखक तथा अधिकारकर्मी जेबी विश्वकर्माले घोषणापत्र पढेर सुनाएका थिए।

अनेरास्ववियूको आन्दोलन : प्रतिगमनलाई जुत्ता हान्नेदेखि सिंहदरबार अगाडि थाल ठटाउनेसम्म

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह निकट विद्यार्थी संगठन अनेरास्ववियूले सरकारविरुद्ध चौंथो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

'हिंसात्मक आन्दोलनको पक्षमा कांग्रेस लाग्दैन'

नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले कांग्रेस हिंसात्मक आन्दोलनको पक्षमा नलाग्ने बताएका छन्। सोमबार नेपाली कांग्रेस मोरङले विराटनगरमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै आचार्यले हिंसात्मक आन्दोलनको विपक्षमा कांग्रेस उभिने बताए।

प्रचण्ड-नेपाल समूहले थप आन्दोलनका कार्यक्रम आज घोषणा गर्दै

आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड-नेपाल समूहले प्रतिगमनविरुद्ध चौथो चरणको संघर्षको कार्यक्रम घोषणा गर्ने भएको छ। आज दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलनको आयोजना गरि संघर्षको कार्यक्रम घोषणा गर्न लागेको हो।

संयुक्त आन्दोलनको विपक्षमा जसपा

जनता समाजवादी पार्टी संयुक्त आन्दोलनमा नजाने भएको छ। एक्लै आन्दोलन गर्ने जसपाका नेताहरूले बताएका छन्। नेपाल कम्युनिस्ट पार्टी (दाहाल–नेपाल) पक्षले फागुनको पहिलो हप्ताबाट संयुक्त आन्दोलन गर्ने घोषणा गरेको छ। संयुक्त आन्दोलनमा जसपा सहभागी नहुने पार्टीका नेताहरूले जनाएका छन्।

दाहाल-नेपाल खेमाले हिंसात्मक आन्दोलन थालेकाले संयुक्त आन्दोलन असम्भव: आचार्य

सुशील कोइरालाको ५ औं स्मृति दिवसका अवसरमा विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले भने, ‘विगतमा संविधानविपरीतका क्रियाकलापमा दाहाल–नेपाल ओलीका मतियार बनेको र यतिबेला हिंसात्मक आन्दोलन थालेकाले उनीहरूसँग कांग्रेस संयुक्त आन्दोलनमा सहभागी हुँदैन।’ उनले संविधानलाई धुजा बनाउन ओलीजत्तिकै दोषी दाहाल–नेपाल पनि रहेको आरोप लगाए।

शान्तिपूर्ण र कलापूर्ण आन्दोलनमा लेखक–कलाकार

गत शुक्रबार (सहिद दिवसको दिन) दुई बन्दुकधारी सिपाहीले एक व्यक्तिलाई फाँसी दिन काठमाडौं टेकुस्थित खरिबोटमा ल्याए। यो दृश्यले ८० वर्षअघिको समाज र शासकीय व्यवस्था झल्काउँथ्यो। १० माघ १९९७ मा सहिद शुक्रराज जोशीलाई खरिबोटमा झुन्ड्याइएको थियो, राणाशासनविरुद्ध अभियान चलाएको अभियोगमा।

‘राष्ट्रपतिज्यू ! अहिले संविधानको हालत के छ ?’

बृहत् नागरिक आन्दोलनले प्रतिनिधिसभा विघटन र संवैधानिक निकायहरूमा भएको असंवैधानिक नियुक्तिको विरोधमा मार्चपास गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक निकायहरूमा गरेको असंवैधानिक नियुक्तिको प्रतिकारस्वरूप शुक्रबार बृहत् नागरिक आन्दोलनको आह्वानमा लैनचौरदेखि राष्ट्रपति कार्यलय शीतल निवाससम्म मार्चपास गरिएको हो।

‘शासक सेवक हुन्छन् भनेको शोषक भए’

बृहत् नागरिक आन्दोलनका अगुवा लेखक तथा सम्पादक नारायण वाग्लेले आउँदो फागुन ७ प्रजातन्त्र दिवसको दिन टुँडिखेलमा भेला हुन आह्वान गरेका छन् । मंगलबार शोभा भगवतीमा प्रतिगमनविरुद्ध भएको ‘बृहत नागरिक आन्दोलन’लाई सम्बोधन गर्दै सम्पादक वाग्लेले फागुन ७ गते काँडेतार हटाएर टुँडिखेल पुगेर नागरिक घोषणापत्र सार्वजनिक गरी जनआन्दोलनको उभार ल्याइने बताएका थिए ।

शहिद धर्मभक्तको सालिक छेउबाट संसद विघटनको विरोध (फोटो फिचर)

प्रतिनिधिसभा विघटनको विरोधमा वृहत नागरिक आन्दोलनले आइतबार काठमाडौंको सिफलमा प्रदर्शन गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभा भंग गरेपछि वृहत नागरिक आन्दोलनले निरन्तर प्रदर्शन गर्दै आइरहेको छ।

नागरिक अगुवा भन्छन् : प्राप्त उपलब्धि रक्षाका लागि तेस्रो जनआन्दोलन

संसद् विघटनविरुद्ध माघ १२ गते भएको नागरिक आगुवाहरुको आन्दोलनमा प्रहरीले दमन गरेपछि पत्रकार तथा लेखक नारायण वाग्लेले ‘तेस्रो जनआन्दोलन सुरु भएको’ बताए। सोही साँझ नागरिक अगुवाहरुको तर्फबाट विज्ञप्ति जारी गर्दै लेखक तथा विश्लेषक युग पाठकले पनि तेस्रो जनआन्दोलन सुरु भएको घोषणा गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्