coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

'हिंसात्मक आन्दोलनको पक्षमा कांग्रेस लाग्दैन'

नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले कांग्रेस हिंसात्मक आन्दोलनको पक्षमा नलाग्ने बताएका छन्। सोमबार नेपाली कांग्रेस मोरङले विराटनगरमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै आचार्यले हिंसात्मक आन्दोलनको विपक्षमा कांग्रेस उभिने बताए।

नेकपा दाहाल–नेपाल समूहका नेताहरूले मांसाहारी आन्दोलन गर्ने चेतावनी दिइरहेकाले कांग्रेस उनीहरूसँग संयुक्त आन्दोलनमा जान नसक्ने आचार्यले स्पष्ट पारे। उनले भने, ‘ कांग्रेस शान्तिका पक्षमा रहेकाले हिंसात्मक आन्दोलनमा कुनै हालत सहभागी हुन सक्दैन।’

प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमले संविधानको मुटुमै प्रहार गरेको आचार्यले बताए। जनताको रगत पसिनाले लेखिएको संविधान प्रधानमन्त्री ओलीले सनकका भरमा क्षतिग्रस्त बनाएको बताउँदै आचार्यले भने, ‘प्रधानमन्त्री ओलीले संविधान, लोकतन्त्रमाथि गरेको प्रहारको सजाय अवश्य पाउने छन्।’ अहिलेको परिस्थितिमा प्रधानमन्त्रीसँगै नेकपाका अन्य नेता प्रचण्ड र माधवकुमार पनि बराबरीको भागिदार रहेको बताए।

संसद् विघटनबारे सर्वोच्च अदालतमा भएको बहसलाई अत्यन्त गम्भीरतापूर्वक नियालिरहेको बताए। नेकपा झगडियाहरूको पार्टी भएको बताएका आचार्यले आन्तरिक पार्टीभित्रको झगडामा देशलाई बन्धक हुँदैन। नेकपाको सरकार भ्रटाचारमा लप्त रहेको र सुरक्षाको प्रत्याभूति गर्नुपर्नेमा अपराधीलाई लुकाउने काम गरिरहेको छ। औषधि उपकरण खरिदको भ्रष्टाचार, ७० करोड रूपैयाँको सेक्युरिटी प्रेस प्रकरण, निर्मला हत्याकाण्डमा नेकपाको सरकार मौन बसेको आरोप आचार्यले लगाए।  

सो अवसरमा बोल्दै केन्द्रीय सदस्य अमृत अर्यालले हिंसा, बलात्कार, संवैधानिक निकाय, अख्तियार, निर्वाचन आयोग कब्जा गर्ने दौडमा सरकार लागेको छ। गैरसंवैधानिक नियुक्ति गर्दै सरकार अघि बढ्दै गएको बताउँदै नेता अर्यालले भने, ‘असंवैधानिक कदम नसच्याएसम्म प्रतिगमनका विरुद्ध कांग्रेस एक्लैले आन्दोलन गर्ने छ।’

प्रकाशित: ४ फाल्गुन २०७७ ०३:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App