५ आश्विन २०८१ शनिबार
image/svg+xml

गन्तव्यहीन यात्रा

राजा महेन्द्रको स्वार्गारोहण भएको अपुष्ट खबर फैलिएपछि २०२८ साल माघ १७ गते काठमाडौँमा सन्नाटा छायो । दिउँसो ठीक बाह्र बजे राजसभा स्थायी समितिका सभापति रंगनाथ शर्माले स्वर्गारोहणको औपचारिक घोषणा गर्दै महेन्द्रका जेठा छोरा वीरेन्द्र राजगद्दीको उत्तराधिकारी भएको घोषणा गरे ।

के नागरिक आन्दोलनको आवश्यकता हो ?

प्रतिनिधि सभा विघटनविरुद्ध अहिले विभिन्न राजनीतिक दलसहित नागरिक समाज आन्दोलित छन्। माघ १२ गते दिउँसो २ बजे ‘बालुवाटार मार्च’ नाम दिएर काठमाडौंको कमलपोखरीबाट माटोको टीका लगाएर सुरू भएर बालुवाटरतर्फ बढिरहेको नागरिक अगुवाहरुको र्यावली बालुवाटार नपुग्दै प्रहरीको निर्मम दमनमा पर्योर। प्रहरीले माघको ठण्डामा अभियन्ताहरुमाथि चिसो पानीको फोहोरा बर्सायो। लाठी बजार्‍याे। त्यसक्रममा दर्जनौ घाइते भए।

कांग्रेसद्वारा आन्दोलनका थप कार्यक्रम घोषणा

घोषित कार्यक्रमअनुसार माघ १९ गते पार्टीका भ्रातृ संगठनहरू, २४ गते पार्टीका शुभेच्छुक संगठनहरू र ३० गते कांग्रेस जिल्ला कार्यसमितिहरूले ७७ वटै जिल्लामा विरोध प्रदर्शन तथा सभा गर्नेछन् ।

नागरिक आन्दोलनमा दमन

निधारमा कालो माटोको टीका र ‘कु’ लेखिएको कालो पट्टी लगाएका प्रदर्शनकारी भाटभटेनी हुँदै बालुवाटार क्षेत्रतिर प्रवेश गर्दै थिए। मुखमा ‘असंवैधानिक’ लेखिएको मास्क र हातमा विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका उनीहरूलाई रोक्ने क्रममा प्रहरीले लाठी पानीको फोहरा प्रहार गर्‍यो। प्रतिनिधिसभा विघटनको विरोधमा आन्दोलनरत नागरिक समाजले सोमबार निकालेको ‘बालुवाटार मार्च’ कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको हो।

‘सर्वोच्चको फैसला मान्य हुन्छ’

प्रतिनिधिसभा विघटनविरुद्ध चरणबद्ध आन्दोलनमा रहेका जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले संसद् विघटनको निर्णय खारेज गर्दै पुनःस्थापनाको मागसहित सर्वोच्च अदालतमा रहेको विचारधीन मुद्दामा सर्वोच्चले गर्ने फैसला आफूहरूलाई मान्य हुने बताएका छन्।

ओली निरन्तर संविधान कुल्चिन सक्रिय

नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सात राजनीतिक दल राजाको निरंकुशताविरुद्ध सडक संघर्षमा थिए। प्रजातन्त्रमाथि पटकपटक राजाले आक्रमण गर्दा त्यसविरुद्ध संघर्षमा उत्रिएका दल र जनताले सडकमा गणतन्त्रको नारा लगाउन थालेका थिए।

कलैया अस्पतालका स्वास्थ्यकर्मी पाँच दिनदेखि आन्दोलनमा

जिल्ला अस्पताल कलैयाका कर्मचारी तथा स्वास्थ्यकर्मीहरू जोखिम भत्ताको माग गर्दै पाँच दिनदेखि आन्दोलनमा रहेका छन्। कोरोना महामारीको समयमा खटिएको बेलाको जोखिम भत्ता नदिइएको भन्दै उनीहरू मंगलबारदेखि अस्पतालको आकस्मिक बाहेकका सबै सेवाहरू ठप्प गरेर आन्दोलन गर्दै आएका छन्।

गणेशमान सिंहको त्यो आह्वान

गिरिजाप्रसाद कोइराला पनि एउटा व्यक्तिका रूपमा, व्यक्तिगत अपिलको भरमा चुनाव लडेर सोझै प्रधानमन्त्री निर्वाचित हुनुभएको नभई नेपाली कांग्रेसको उम्मेदवारको रूपमा, कांग्रेसको घोषणापत्रका आधारमा चुनाव लडेर सांसद चुनिएपछि नेपाली कांग्रेसको निर्णयबाट प्रधानमन्त्री बन्नुभएको हो ।

‘कानुनमाथि केपी ओली पो रहेछन्’

‘वुमन इन पोलिटिक्स’ लेखिएको टिसर्ट लगाएर मंगलबार युवतीहरूको एक समूहले फ्ल्यास मोब गरिरहेको थियो । फ्ल्यास मोब गरिरहेको उनीहरू भनिरहेका थिए, ‘कानुनमाथि को रहेछन् ? केपी ओली पो रहेछन् ।’

जोखिम भत्ता नदिएको भन्दै कलैया अस्पतालका कर्मचारी आन्दोलित

जिल्ला अस्पतालको रुपमा रहेको कलैया अस्पतालका कर्मचारीहरु मंगलबारदेखि आन्दोलित भएका छन्। कोरोना महामारीमा खटेको जोखिम भत्ता नदिएको भन्दै कर्मचारीहरु आन्दोलित भएका हुन्। कर्मचारीहरुको आन्दोलनको कारण कारण अस्पतालको आकस्मिक बाहेकका बसै सेवाहरु ठप्प बनेको छ।

दाहाल–नेपाल समूहको संयुक्त आन्दोलन प्रस्ताव

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी मात्र नभई देशलाई नै सिध्याउन लागेको आरोप लगाउँदै त्यसविरुद्ध संयुक्त आन्दोलन गर्न सबै राजनीतिक दलसँग प्रस्ताव गरेका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले गर्‍यो आन्दोलन घोषणा

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ। आइतबार बसेको केन्द्रीय समितिको बैठकले पुस २५ देखि माघ ८ गतेसम्म निर्वाचन क्षेत्रदेखि वडा तहसम्मको विरोध प्रदर्शनको कार्यक्रम तय गरिएको केन्द्रीय सदस्य नविन्द्रराज जोशीले जानकारी दिए।

संघीयता रक्षाका लागि आन्दोलनमा जानुपर्‍यो : पोखरेल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता गिरिराजमणि पोखरेलले संघीयता रक्षाका लागि आन्दोलनमा जानुपरेको बताएका छन्।

दाहाल–नेपाल समूह एक्लै सडकमा

विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूह सरकार विरुद्धको आन्दोलनमा एक्लै जाने भएको छ। कांग्रेस र जनता समाजवादी पार्टीले संयुक्त आन्दोलनको प्रस्तावलाई अस्वीकार गरेपछि सो समूह आन्दोलनका कार्यक्रम लिएर एक्लै संघर्षमा उत्रन लागेको हो।

प्रदर्शन बढेसँगै झण्डा ब्यापार ‘मालामाल’

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ‘असंवैधानिक तवरबाट’ संसद विघटन गरेपछि त्यसको विरोधमा काठमाडौंसहित देशका विभिन्न ठाउँमा प्रदर्शन हुन थालेपछि झण्डाको माग पनि बढेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्