७ वैशाख २०८१ शुक्रबार
राजनीति

दाहाल-नेपाल खेमाले हिंसात्मक आन्दोलन थालेकाले संयुक्त आन्दोलन असम्भव: आचार्य

नेकपाको दाहाल–नेपाल समूहले नेपाली कांग्रेससहितका दलहरूसँग फागुन पहिलो सातादेखि संयुक्त आन्दोलन गर्ने बताइरहेका वेला नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले नेकपाको दाहाल–नेपाल खेमासँग संयुक्त आन्दोलन असम्भव रहेको बताएका छन्। दाहाल–नेपाल नेपाल विगतमा संविधान विपरितका क्रियाकलापमा ओलीको मतियार बनेको र यतिबेला हिंसात्मक आन्दोलन थालेकाले उनीहरूसँग कांग्रेस संयुक्त आन्दोलनमा जान नसक्ने आचार्यले बताएका हुन्।  

सुशील कोइरालाको ५ औं स्मृति दिवसका अवसरमा विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले भने, ‘विगतमा संविधानविपरीतका क्रियाकलापमा दाहाल–नेपाल ओलीका मतियार बनेको र यतिबेला हिंसात्मक आन्दोलन थालेकाले उनीहरूसँग कांग्रेस संयुक्त आन्दोलनमा सहभागी हुँदैन।’ उनले संविधानलाई धुजा बनाउन ओलीजत्तिकै दोषी दाहाल–नेपाल पनि रहेको आरोप लगाए।

उनले संविधानले स्पष्ट व्यवस्था गरेको सभामुख र उपसभामुख दुई वटा पार्टीको हुने व्यवस्था विपरित नेकपाले एउटै पार्टीको बनाएको, संविधानमा स्पष्ट रूपमा सभामुख र उपसभामुख रिक्त भएको अवस्थामा १५ दिनभित्र नियुक्त गर्ने व्यवस्थाविपरीत नेकपाको सरकारले प्रतिनिधिसभाको उपसभामुख वर्षौंसम्म पनि रित्त राखेर संविधानविपरीतको काम पहिले देखि नै गरिरहेको आचार्यले बताए। बारम्बार संविधानविपरीतका काम गर्दा केही नबोल्ने दाहाल–नेपाल आज आन्दोलनको नाममा हिंस्रक बनिरहेको आचार्यको भनाइ छ। उनले कांग्रेस हिंसात्मक आन्दोलनमा कुनै हालतमा पनि जान नसक्ने बताए। 

सर्वोच्चको निर्णयअनुसार कांग्रेसले रणनीति तय गर्ने आचार्यले स्पष्ट पारे। उनका अनुसार सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापना गरे संसद्बाट संविधानलाई ट्याकमा ल्याउने र पुनःस्थापनाको निर्णय नआए चुनावमार्फत कांग्रेस जनतामा जाने छ। कार्यक्रममा नेपाली कांग्रेसका नेता अशोक कोइराला, कांग्रेस जिल्ला सभापति डिगबहादुर लिम्बु, क्षेत्रीय सभापति विनोद बस्नेतलगायतल संविधान निर्माणमा सुशील कोइरालाले निर्वाह गरेको भूमिकाको चर्चा गरेका थिए।

प्रकाशित: २७ माघ २०७७ ०१:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App