१० मंसिर २०८१ सोमबार
image/svg+xml

सरकारी प्राथमिकता एकातिर दाताको सहयोग अर्काेतिर

नेपालले निर्धारण गरेको प्राथमिकताको सूचीमा क्रमशः बजेट सहायता, क्षेत्रगत पहुँच, कार्यक्रम सहायता, परियोजना सहायता, मानवीय सहायता र अन्य रहेका छन् । तर दातृ निकायले नेपाललाई आर्थिक सहायता उपलब्ध गराउँदा भने क्रमशः परियोजना सहायता, मानवीय सहायता, कार्यक्रम सहायता, बजेट सहायता र क्षेत्रगत पहुँचलाई प्राथमिकतामा राखेको देखिएको छ । सरकारले निर्धारण गरेको प्राथमिकता सूची र दातृ निकायको प्राथमिकता सूची ठीक उल्टो देखिन्छ।

सरकार गाउँगाउँमा, सेवाजति केन्द्रमा

घोराही उपमहानगरपालिका वडा नम्बर १० लमडरुवाका अनिलकुमार शर्माले सरकारलाई बुझाउनुपर्ने जग्गाको मालपोत कर वडा कार्यालयमै तिर्दै आएका थिए । गाउँमै स्थापित वडा कार्यालयमा पुगेर मालपोत तिर्न उनका लागि सहज पनि थियो ।

फागुन दोस्रो साता सरकार गठन हुन्छः खनाल

नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले फागुनको दोस्रो साता सरकार गठन हुने बताएका छन् ।देशभरका घले जाति सदरमुकाम बेंसीसहरमा भेला भएर मनाएको लिःल(घले) ल्होसरको उद्घाटन गर्दै उनले सो अभिव्यक्ति दिएका हुन् ।

संविधानकै कारण नयाँ सरकार गठनमा ढिलाइः नेता खनाल

पूर्वप्रधानमन्त्री झलनाथ खनालले फागुनमा वाम नेतृत्वको सरकार गठन हुने बताएका छन्। लमजुङ सदरमुकाम बेंसीशहरमा आयोजित घले ल्होसार कार्यक्रममा उनले भने– ‘फागुनको तेस्रो साताभित्र नयाँ सरकार गठन हुन्छ।’

‘फागुनभित्र गठबन्धन सरकार र पार्टी एकता’

नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) का स्थायी समिति सदस्य सुरेशकुमार राई हिमालले आउँदो फागुनभित्र गठन हुने बाम गठबन्धनको स्पष्ट बहुमतको सरकारले देशमा आर्थिक समृद्धि र कायापलट ल्याउने दावी गरेका छन्।

सडक विस्तारमा सरकारी निकायकै अवरोध

आयोजनाका अनुसार प्राधिकरणले साँधसीमा कायम नगराइदिने, विद्युत् प्राधिकरणले पोल नहटाउने, टेलिकमले एक्सचेन्ज नहटाइदिने, वन कार्यालयले रूख काट्न नदिने तथा महानगरपालिकाले स्ट्रिट लाइटका पोल नहटाउने गर्दा सडक विस्तारमा अवरोध देखिएको हो ।

‘सिमेन्ट उद्योगका समस्या सुनवाइमा सरकार उदासिन’

भारतबाट आइरहेको क्लिंकर आउन एक्कासि ठप्प भएपछि स्वदेशी सिमेन्टको मूल्यमा करिब डेढ सय रुपैयाँ वृद्धि भएको छ ।

चुनावपछि सरकारले बाँड्यो १६ करोड

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले १८ दिनमा दलका नेता तथा कार्यकर्तालाई आर्थिक सहायताका नाममा साढे १६ करोड रुपैयाँ बाँडेको छ ।

राष्ट्रियसभाको चुनावपछि सरकार छोडछु: देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभाको चुनावपछि संसद्ले पूर्णता पाउने बताएका छन्। सात नम्बर प्रदेश अन्तर्गत सुदूरपश्चिमको प्रमुख तीर्थस्थलका रुपमा रहेको गोदावरीधाममा आयोजित ‘गोदावरी बाह्र राशि मकर मेला, २०७४’ को आज उद्घाटन गर्दै उनले राष्ट्रियसभाको चुनावपछि आफू सरकारबाट बाहिरिने स्पष्ट पारे।

सरकारी अस्पतालका निजी औषधि पसलमा सिलबन्दी

वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको हातामा सञ्चालित निजी औषधि पसलमा स्थानीय प्रसाशनले सिलबन्दी गरेको छ । कहिले आदालतको निषेधाज्ञा, कहिले बल प्रदर्शन, कहिले हडताल र कहिले राजनीतिक दबाबजस्ता हथकण्डा अपनाई सम्झौता सकिएर पनि कब्जामा पारिएको १६ वटा सटरमा सिलबन्दी लगाइएको हो ।

सरकार र डा.केसीबीच पाँच बुँदे सहमति, अाज अनशन ताेड्दै

मेडिकल शिक्षा सुधारको माग गर्दै पटक पटक सत्याग्रह गर्दै आएका प्रा.डा. गोविन्द केसी र सरकारबीच पाँच बुँदे सहमति भएपछि डा. केसीले शनिवार बिहान १० बजे अनसन तोड्ने भएका छन् । शुक्रवार साँझ सुरु भएको वार्ता मध्यरातअघि सहमतिमा पुगेको छ ।

सरकार निर्माण र पार्टी एकता सँगै हुन्छ  : दाहाल

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मुलुकमा  शान्ति र स्थायित्वका लागि वाम गठबन्धनको सरकार बन्ने बताएका छन् । दाहालले एमाले–माओवादी पार्टी एकता र सरकार गठन सँगसँगै हुने बताए।

सरकारी अस्पतालका निजी औषधि पसलमा शिलबन्दी

वीरगन्जस्थित नारायणी उपक्षेत्रिय अस्पतालको हातामा संचालित निजी औषधि पसलहरुमा स्थानीय प्रशासनले सिलबन्दी गरेको छ। कहिले अदालतको निषेधाज्ञा, कहिले बल प्रदर्शन, कहिले हडताल र कहिले राजनीतिक दबाव अनेक हत्कण्डा अपनाई सम्झौता सकिएर पनि कब्जामा पारिएको १६ वटा सटर सिल गरिएको हो।

बिनाविभागीय भएकाे ४ महिनापछि माओवादी मन्त्रीले सरकार छोडे

गत असोज १७ गते भएको वाम गठबन्धन पछि बिना विभागीय भएका माओवादीका मन्त्रीहरूले आज राजीनामा दिएका छन्।  माओवादी केन्द्र र नेकपा एमालेबीच प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धन गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीका मन्त्रीहरूलाई बिना विभागीय बनाएका थिए ।

प्रदेश प्रमुख खोज्दै सरकार

प्रधानमन्त्रीले सम्भावित प्रदेश प्रमुख र प्रदेशसभाका लागि अस्थायी केन्द्र तय गर्न बिहीबार महामन्त्री सशांक कोइराला, नेता विमलेन्द्र निधि, बालकृष्ण खाँणलगायत नेतासँग आन्तरिक छलफल गरेका थिए । शुक्रबार बिहानसम्म सातवटै प्रदेशमा प्रदेश प्रमुखको सूची तय भएमा सोहीदिन बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखको मनोनयन गर्ने तयारी सरकारले गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्