१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

संविधानकै कारण नयाँ सरकार गठनमा ढिलाइः नेता खनाल

लमजुङ – पूर्वप्रधानमन्त्री झलनाथ खनालले फागुनमा वाम नेतृत्वको सरकार गठन हुने बताएका छन्। लमजुङ सदरमुकाम बेंसीशहरमा आयोजित घले ल्होसार कार्यक्रममा उनले भने– ‘फागुनको तेस्रो साताभित्र नयाँ सरकार गठन हुन्छ।’

नेकपा एमालेका वरिष्ठ नेतासमेत रहेका खनालले संविधानकै प्रावधानका कारण नयाँ सरकार गठनमा ढिलाइ भएको उल्लेख गर्दै सरकार गठनअघि एमाले र नेकपा (माओवादी केन्द्र) बीच एकता हुने बताए।

‘हामीले बनाएको संविधानले नै सरकार गठनमा ढिलाइ भएको छ’– उनले भने, ‘संविधानमै रहेर फागुनको दोस्रो वा तेस्रो साताभित्र वाम नेतृत्वको सरकार बन्छ।’

नेता खनालले लोकतन्त्र अझै कमजोर र कलिलो भएको भन्दै अब बन्ने सरकारले लोकतन्त्रलाई संस्थागत गर्न पहिलो प्राथमिकता दिने बताए। ‘हामीले लामो संघर्ष गरेर ल्याएको लोकतन्त्र अझै कलिलो छ’– उनले भने, ‘अब बन्ने सरकारले सबैभन्दा पहिला लोकतन्त्रलाई बलियो र संस्थागत गर्नेछ।’

नेता खनालले संविधानले सबै जातिको मौलिक अधिकार सुनिश्चित गरेको पनि बताए।

प्रकाशित: १ माघ २०७४ १६:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App