दुई सय विगाहामा रैथाने जातको धान खेतीको योजना
आधुनिक कृषि प्रणाली विस्तारका लागि खाद्य बैंकले रैथाने जिनसम्बन्धी खोजतलास गरेर बर्दियाको गुलरियामा धान खेती विस्तार गरेको जनाएको छ।
आधुनिक कृषि प्रणाली विस्तारका लागि खाद्य बैंकले रैथाने जिनसम्बन्धी खोजतलास गरेर बर्दियाको गुलरियामा धान खेती विस्तार गरेको जनाएको छ।
जिल्लाको तातोपानी ४,७ र ८, तिला गाउँपालिकाको ४ नम्बर वडामा खेतियोग्य जमिन बाढीले बगाएर लगेको हो। बाढीले खेतियोग्य जमिनसँगै घर भित्र्याउन लागेको धान पनि सँगै बगाएकोले किसान चिन्तित छन्।
‘किसानहरुले एउटै महासंघ बनाएर, अघि बढ्नुपर्दछ, पार्टीगत किसान संघ अन्त्य गर्नुपर्छ यो गर्न सकेमा मात्र हाम्रो हित हुन्छ। किसान बलियो, समृद्ध भयो भने समयमा मलखाद पुर्याउँछौँ, किसानकै परिश्रम, मिहेनतले नै देशलाई विकास गर्न सक्छौँ, देश हाँक्न किसान आत्मनिर्भर हुनुपर्छ, किसान पेशा छोडेर विदेश जाने परम्पराले देश अघि बढ्न सक्दैन, कृषिलाई बलियो बनाउन यथेष्ट बजेटको व्यवस्था हुनुपर्छ।’
सरकारले श्रेणीवीहिन कर्मचारीहरूको स्थायी भर्ना नलिने निर्णय गरे पछि कार्यालय सहयोगी, सवारी चालक, हल्कारा, माली जस्ता कर्मचारीहरू लामो समयदेखि कारार तथा ज्यालादारीमै काम गर्दै आएका छन्।
उनको व्यापार आशा लाग्दो थियो। त्यो टहरा संगै उनले मिल खोलेका थिए। त्यो मिलले कुटानी पिसानी देखि काठ चिरानी सम्मको काम गरिरहेको थियो। तर कात्तिक १ गते भेरीखोलामा आएको बाढीले उनको घर बगायो। मिल पनि राखेन। अहिले उनी विस्थापित जस्तै छन्।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार मुलुकका सातै प्रदेशमा गरी धानबालीमा ८ अर्ब २६ करोड ८० लाख रूपैयाँ बराबर क्षति पुगेको हो।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार लुम्बिनी, सुदूरपश्चिम र प्रदेश नम्बर १ को धानबालीमा बढी क्षति भएको छ।
संक्रमणमुक्त हुनेमा २२ महिला र ४४ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको विकास मन्त्रालयले जनाएको छ।
किसानहरुले धानबाली भित्र्याई सकेपछि आलु तथा गुहँबाली सुरु गर्ने गर्दछन्। त्यसका लागि मलको अभाव हुन नदिने उद्देश्य राखी कृषि सामग्री कम्पनीले चीनबाट मल झिकाउन समयमै ठेक्का प्रक्रिया पुर्याएको थियो।
दशैँ सकिएलगत्तै धान काट्ने तयारी गरेका किसान वर्षात कहिले रोकिएला भन्ने पर्खाइमा छन्। गोरखाको दरौँदी, बुढीगण्डकी, मस्र्याङ्दी आसपासका फाँटमा धान खेती धेरै हुन्छ।
प्रदेशका १२ जिल्लामा काटेर खेतमै राखिएको ३६ हजार ४ सय ८० हेक्टर क्षेत्रफलको धान नष्ट भएको छ। यसै गरी काट्न बाँकी रहेको ९३ हजार ५ सय ७६ हेक्टर क्षेत्रफलको धान ढलेको छ।
न उत्पादक आफूले के उत्पादन गर्ने भनेर पूर्णरूपमा आफैँ निर्णय गर्न सक्छ न त उपभोक्ता नै सोचेजस्तो गुणस्तरको खाद्यान्नमा पूर्ण नियन्त्रण नै गर्न सक्छ ।
‘जताततै धान लडेको त्यसमाथि खेतमा जलमग्न पानी हुँदा धान नै देखिँदैन,’ रतुवामाई वडा नं. ६ की गीता कार्कीले भनिन्, ‘धान पाक्ने सिजनमा यस्तो वर्षा भएको त अहिलेसम्म कहिल्यै याद थिएन्।’
वर्षा भएदेखि उनी राम्रोसित निदाएका छैनन्।उनी खेतमा काटेर राखेको धान कसरी घर भित्र्याउने भन्ने मै सोचिरहेका छन्। उनले भने,‘निरन्तर वर्षा भइरहेको छ। खेतमा धानका दाना जताततै बगिरहेका छन्। न मेहनत रह्यो न त फल पाइयो। खेतको आलीमा बसेर टुलुटुलु हेर्नुबाहेक केही छैन।’
लगातारको कात्तिके झरीले जिल्लाको घोराही, लमही, भालुवाङ, पश्चिम दाङका किसानलाई बाँकी रहेको धान पनि कसरी भित्र्याउने भन्ने समस्याले पिरोलेको छ। कतिपय ठाउँमा काटेको धान खेतमै भिजेको छ भने कतै पाकेको धान काट्न नपाएर खेतमै झर्ने भएको छ।