३ मंसिर २०८१ सोमबार
image/svg+xml

भूमिहीनको गुनासो– लालपूर्जा कहिले?

दाङको लमही नगरपालिका–६ कुलमोडका मानबहादुर बुढाथोकी ऐलानी जग्गामा बसेको वर्षौँ भयो। उनले बसेकोे जग्गाको लालपूर्जा अहिलेसम्म पाएका छैनन्। ‘चार पुस्ता यही बितिसक्यो लालपूर्जा पाउने कहिले हो ?’ मानबहादुरको प्रश्न छ।

‘भूमि व्यवस्थापनको तयारीमा सरकार, अब सबैले जग्गा पाउने’

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले मन्त्रालय मातहतका सबै समस्या समाधानका लागि ऐन निर्माण भइरहेको जानकारी दिएकी छिन्। रिपोर्टर्स क्लबद्वारा शुक्रवार आयोजित साक्षात्कारमा मन्त्री अर्यालले कानुन निर्माण नभएसम्म भूमिसम्बन्धी समस्या समाधान गर्न नसकिने बताउँदै संसदको हिउँदे अधिवेशन सुरु हुनासाथ ऐनहरु पारित गरिने स्पष्ट पारिन।

पहिरो पीडितका लागि जग्गा खरिद

गाउँपालिकाका वाढी पहिरो पीडितका लागि जग्गा खरिद गरिएको छ। जिल्लाको मदाने गाउँपालिकाले वडा नम्बर ३ का वाढी पहिरो पीडीतका लागि घर बनाईदिने भन्दै जग्गा खरिद गरेको हो।

सरकारी जग्गा पूर्व गाविस अध्यक्षकी श्रीमतीका नाममा !

सिरहाका एक पूर्व गाविस अध्यक्षले पदमा रहेका बेला सरकारी जग्गा पत्नीलाई नामसारी गराएको खुलेको छ। सखुवानन्कारकट्टी गाविसका अध्यक्ष (तत्कालीन) खुशीलाल यादवले लहान–ठाडी सडक खण्डको मुख्य बजार रहेको जग्गा आफ्नो पत्नीलाई सुकुम्वासी बनाएर नामसारी गराएको पाइएको छ।

धानबाली खडेरी र बाढीकाे चपेटामा

यतिबेला किसानलाई धान भित्र्याउने चटारो छ। धान उत्पादनका हिसाबले अब्बल मानिने जिल्लाका किसान भने निराश छन्। सरकारी तथ्याकंमा १० वर्षको अवधिमा खेतीयोग्य जग्गाको क्षेत्रफल ३० हजार हेक्टर घटेको छ।

दलालदेखि हाकिमसम्मलाई घुस

कित्ताकाट (जग्गा खण्डिकरण) रोक्ने सरकारको निर्णयबाट दलाल, कार्यालयका हाकिम तथा मन्त्रालयका कर्मचारीहरूले समेत आर्थिक लाभ (घुस) लिने गरेको खुलासा भएको छ।

करोडौंंको सरकारी जग्गामा सांसदको आँखा

प्रतिनिधिसभाकी सदस्य एवं प्राकृतिक स्रोत समितिकी सभापति पूर्णाकुमारी सुवेदीले कोहलपुर नगर विकास समितिको करोडौं रुपैयाँ मूल्यको जमिन हडप्न प्रपञ्च गरेको आरोप लागेको छ।

दानमा वक्रदृष्टि

नेपाल प्रहरीलाई दान दिएको जग्गामा सरकारको वक्रदृष्टि परेको छ । प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी) रहेको जग्गा सरकारले लिन लागेको छ । एकेडेमी सञ्चालनका लागि पूर्वप्रहरी उपरीक्षक (एसपी) कृष्णभक्त श्रेष्ठले केही रोपनी जग्गा दान दिएका थिए । साथै प्रतिष्ठान रहेको अरू जग्गा पनि सरकारले उनकै परिवारबाट लिएको हो।

हाइअल्टिच्युड खेलकुद तालिम केन्द्रका लागि ढोरपाटनमा जग्गा खोजी

राष्ट्रिय खेलकुद परिषद्ले बागलुङको ढोरपाटनमा हाई अल्टिच्युड खेलकुद तालिम केन्द्र बनाउन आवश्यक स्थलगत निरीक्षण गरेको छ । ढोरपाटनको एकै वडाका विभिन्न तीन ठाउँमा जग्गा अध्ययन गरी पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको नेतृत्वमा गएको पाँच सदस्यीय टोली फर्किएको छ।

महिलाहरूले फुलाए एक बिघा बाँझो खेतमा ढकमक्क सयपत्री फूल

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बाँझो जग्गामा व्यवसायिक पुष्प खेती गर्न थालिएको छ। नेपालमा भारतबाट वर्षेनी करोडौंको फूल आयात हुँदै आएकाले त्यसलाई न्यूनिकरण गर्नका लागि ८ जना महिलाहरूले सामूहिक रुपमा पुष्पखेती गर्न थालेका हुन।

कब्जा गरेर निर्माण गरिएका घरटहरा स्थानीयले हटाए

भूमिहिन सुकुम्बासीले जग्गा कब्जा गरेर निर्माण गरेका घरटहरा स्थानीयले हटाइदिएका छन्। आफूलाई भूमिहिन सुकुम्बासी बताउने व्यक्तिहरुले टीकापुर नगरपालिका–९, खक्रौलास्थित गोविन्दप्रसाद श्रेष्ठको जग्गा कब्जा गरेर घरटहरा निर्माण गरेका थिए।

सुकुम्बासीद्वारा रातारात जग्गा कब्जा गरी १४६ टहरा निर्माण

भूमिहिन सुकुम्बासीका नाममा गएराति टीकापुर नगरपालिका–९ खक्रौलास्थित गोविन्द प्रसाद श्रेष्ठको जग्गा कब्जा गरिएको छ।

एक वर्षमा एउटै जग्गा १४ पटक कित्ताकाट

जग्गा खण्डीकरण रोक्ने सरकारको निर्णय नापी विभाग तथा मालपोत कार्यालयका कर्मचारीलाई आर्थिक अनियमितता गर्ने माध्यम बनेको छ । एक आर्थिक वर्षमा १ पटकभन्दा बढी कित्ताकाट गर्न नपाउने सरकारको निर्णयलाई मालपोत तथा नापी विभाग कार्यालयका कर्मचारीले उल्लघंन गर्ने गरेका छन् ।

सरकारी जग्गा कीर्ते गरी बेच्ने अधिकृतसहित ७ विरुद्ध मुद्दा

सरकारी जग्गाको कीर्ते कागजात तयार पारी लुम्बिनी ग्यास प्रालिलाई बेचेको आरोपमा नवलपरासीका मालपोत अधिकृतसहित ७ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदातलमा मुद्दा दर्ता गरेको छ।

जग्गा हडपेको आरोपमा वडाध्यक्षविरुद्ध उजुरी

पर्वतक महाशीला गाउँपालिकाका–४ पाखापानीका वडाध्यक्ष पूर्णबहादुर मल्लसहितको समूहले गाउँका निजी जग्गा हडप्न खाजेको भन्दै जिल्ला प्रशासन कार्यालय पर्वतमा उजुरी परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्