३ मंसिर २०८१ सोमबार
image/svg+xml

३९ बिघा जग्गा हडप्न चलखेल

करिब ५ दशकअघि नापी हुँदा फिल्डबुकमा मात्र दर्ता भएको तर विवादका कारण स्रेस्ता पुर्जा नबनेको बराह क्षेत्र नगरपालिका–२ स्थित बाइस बिघे क्षेत्रको जग्गा हत्याउन भूमाफिया लागिपरेका छन्।

घरजग्गामा तीन खर्ब लगानी

घरजग्गा व्यवसायीले जग्गा कित्ताकाट खोल्न माग गरेका छन् । घरजग्गा कारोबारमा करिब ३ सय अर्ब रुपैयाँ लगानी भएकाले कित्ताकाट नखोल्दा व्यवसायी समस्यामा परेको गुनासो गरे।

दलित समाज कल्याण संघलाई निशुल्क जग्गा

खोटाङमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघलाई दुई गाउँपालिकामा निशुल्क जग्गा प्राप्त भएको छ।

सार्वजनिक जग्गा खाली गर्न निर्देशन

खोटाङको बराहपोखरी गाउँपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका घर तथा टहरा हटाउन समय सिमा जारी गरेको छ।

घरजग्गा सडकको नाममा परेपछि...

मालपोत र नापी कार्यालयको लापरबाहीका कारण नेपाल तामाङ घेदुङका केन्द्रीय अध्यक्ष मोहन गोले तामाङको घरजग्गा गुम्न पुगेको छ। त्रियुगा नगरपालिका ४ बगाहास्थित तामाङको १ कठ्ठा क्षेत्रफल जग्गा र त्यसमा निर्मित २ तले काठको कचची घरसमेत सगरमाथा लोकमार्गको नाममा परेको पाइएको छ।

व्यक्तिको जग्गा अधिग्रहण गर्दा क्षतिपूर्ति अनिवार्य: सर्वोच्च

सार्वजनिक प्रयोजनको लागि व्यक्तिको नाममा रहेको जग्गा अधिग्रहण गर्दा सरकारले अनिवार्य क्षतिपूर्ति दिनुपर्ने फैसला सर्वोच्च अदालतले गरेको छ।

सहमतिविना ३ सय बिघा खेतीयोग्य जग्गा प्लानिङ गर्ने प्रस्ताव

राजमार्गलाई नक्साङ्कन भएको रुटबाट अन्यत्र डाइभर्ट गर्नका लागि सदरमुकाम सिन्धुलीमाढीको फाटमा रहेको खेतीयोग्य जग्गा प्लानिङ गर्न प्रस्ताव अगाडि सारिएको छ।

किनबेच हुनबाट जोगियो हरिसिद्धिको जग्गा

हरिसिद्धि इँटा तथा टायल कारखानाको ९१ रोपनी जग्गा किनबेच हुनबाट जोगिएको छ। सञ्चारमाध्यमको निगरानी र सरकारी निकायले बलियो प्रमाण माग गरेसँगै जग्गा व्यक्तिका नाममा पास गर्ने प्रपञ्च रोकिएको हो।

जग्गा किर्ते प्रकरण : मालपोत कार्यालय चाबहिलबाट चार कर्मचारी पक्राउ

मालपोत कार्यालय चाबहिलका चार जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ। बुढानिलकण्ठको ४० आना जग्गा किर्ते गरेर पास गरेको प्रकरणमा प्रहरीले मालपोत अधिकृत खगेन्द्र अर्याल, नासु  रन्जनकुमार खरेल, जमुना कुमारी श्रेष्ठ र रघुनाथ तिमिल्सिनालाई पक्राउ गरेको हो।

अर्कैको जग्गा बेचबिखन

सर्लाही हरिपुर नगरपालिका–१ स्थित २ बिघा १५ कठ्ठा जग्गा अलगअलग मितिमा फरकफरक व्यक्तिले मालपोत कार्यालयमा आफ्नो दाबी गर्दै आएका छन्।

अनियमितता भएको समितिकाे ठहर

ललितपुरको खुमलटारमा रहेको ४२ रोपनी जग्गा भाडामा दिँदा रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले अनियमितता गरेको छानबिन समितिको ठहर छ।

मन्त्रालयको निर्णयलाई अटेर गर्दै भाडामा

ललितपुरको खुमलटारमा रहेको ४२ रोपनी जग्गा भाडामा दिँदा रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्कीले सरकारी निकायलाई नै अटेरी गरेको भेटिएको छ ।

नीतिविपरीत रेडियो नेपालको जग्गा भाडामा

सरकारले २०६७ मा सरकारी जग्गा भाडासम्बन्धी नीति बनाएको थियो। उक्त नीतिमा नेपाल सरकारको स्वामित्वमा सञ्चालित संघसंस्था, कार्यालय, संस्थानलगायतले नेपाल सरकारको स्वीकृतिबिना घरजग्गा भाडामा दिन नपाउने व्यवस्था छ।

कार्यकारी निर्देशकको एकल निर्णयमा भाडामा

रेडियो नेपालको स्वामित्वमा रहेको जग्गा भाडामा दिँदा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रतिनिधिसहितको समितिको निर्णयबाट टुंगोमा पुग्नुपर्ने व्यवस्था छ । उक्त समितिमा सञ्चार मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सहसचिवसमेत रहन्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्