३ मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

सार्वजनिक जग्गा खाली गर्न निर्देशन

खोटाङ - खोटाङको बराहपोखरी गाउँपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका घर तथा टहरा हटाउन समय सिमा जारी गरेको छ। गाउँपालिका भित्रका सरकारी, गुठी लगायतका सार्वजनिक जग्गामा बनाइएका घर तथा टहरा हटाउनका लागि समय सिमा दिइएको हो।

सार्वजनिक जग्गा मिचेर बनाइएका घर टहरा गाउँपालिका भित्र रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्धनका काम गर्ने क्रममा बाधकका रुपमा देखिएपछि हटाउनका लागि समय सिमा दिइएको गाउँपालिका प्रमुख शालिकराम बञ्जराले बताए। गाउँपालिकालाई सुन्दर र व्यवस्थित बनाउँदै सार्वजनिक सम्पत्तीको रक्षाका लागि मापदण्ड विपरितका घर तथा टहरा हटाउने अभियान थालिएको कार्यालयले जनाएको छ। गाउँपालिका भित्रका सार्वजनिक जग्गा मिचेर बनाइएका घर टहरा हटाएर खाली गर्नका लागि गाउँपालिकाले फागुन मसान्तसम्मको समय सिमा दिइएको छ। ‘सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका घर टहरा हटाउन तथा अतिक्रमण गरिएका जग्गा छाड्न सूचना जारी गरी समय सिमा तोकेका गरेका छौं,’ गाउँपालिका प्रमुख बञ्जरा भने, ‘यदि हाम्रो सूचनालाई वेवस्ता गरे प्रचलित कानुन अनुसार बल प्रयोग गरेर भएपनि हटाउने छौं।’

 

प्रकाशित: १२ आश्विन २०७५ ११:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App