८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

जग्गा किर्ते प्रकरण : मालपोत कार्यालय चाबहिलबाट चार कर्मचारी पक्राउ

काठमाडौं- मालपोत कार्यालय चाबहिलका चार जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ। बुढानिलकण्ठको ४० आना जग्गा किर्ते गरेर पास गरेको प्रकरणमा प्रहरीले मालपोत अधिकृत खगेन्द्र अर्याल, नासु रन्जनकुमार खरेल,  जमुना कुमारी श्रेष्ठ र  रघुनाथ तिमिल्सिनालाई पक्राउ गरेको हो।

बुढानिलकण्ठमा रहेको चन्दनकृष्ण कायस्थको ४० आना जमिनको नक्कली व्याक्ति खडागरी किनबेच भएको थियो। प्रहरीले जमिनको श्रेस्ताको जिम्मा राख्ने, श्रेस्ता तयार पार्ने र रुजु गर्ने कार्यमा संलग्न कर्मचारीलाई पक्राउ गरेको हो।

नक्कली जग्गाधनी बनेर मालपोतको ढड्डामा समेत दोस्रो व्याक्तिको फोटो टाँस गरेको अनुसन्धानको क्रममा पाइएको थियो। नक्कली चन्दनकृष्ण कायस्थ र श्रीकृष्ण देवकोटाको मुठ भिडाउने, लिखत पास गर्ने कार्यमा सरकारकी कर्मचारीको मिलोमतोको शंकामा अनुसन्धानको लागि पक्राउ गरिएको महानगरीय प्रहरी प्रभाग गौशालाका डिएसपी सुनिल मल्लले बताए।

कायस्थको नक्कली लालपुर्जा, नक्कली नागरिकता, नक्लली वारेस नामसहितको नक्कली जग्गाधनी खडा गरेर जमिन किनबेच भएको थियो। मालपोतका कर्मचारीसँग मिलेमतो गरेर कार्यालयको श्रेस्तानै फेरबदल गरिएको थियो।  नक्कली लालपुर्जा बनाएर काठमाडौं जिल्ला अदालतबाट नक्कली चन्दन कृष्ण कायस्थको वारीस समेत बनाएर कृष्ण देवकोटा लगायतलाई बेचेको अनुसन्धानमा देखिएको छ।

प्रकाशित: २६ भाद्र २०७५ ०५:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App