९ माघ २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

अर्घाखाँचीमा ८ हजार बढी किशोरीहरूलाई एचपिभी विरुद्धको खोप दिइँदै

पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक एचपिभि भाइरस विरुद्धको खोप यही माघ २२ गतेदेखि देशव्यापी लगाइँदै छ । सोही अभियान अन्तर्गत अर्घाखाँचीका ८ हजार बढी किशोरीहरूलाई खोप लगाइने भएको छ ।

स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा माघ २२ गतेदेखि फागुन ३ गतेसम्म एचपिभी विरुद्धको खोप कार्यक्रम सञ्चालन हुने स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ । जिल्ला स्तरीय खोप समन्वय समिति तथा सञ्चारकर्मीहरूको अभिमुखीकरण कार्यक्रममा खोप अभियानका बारेमा जानकारी गराइएको हो ।

अर्घाखाँचीका कुल ८ हजार १ सय ६० किशोरीलाई खोप लगाइने स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख शिव नेपालीले जानकारी दिए । जसमध्ये विद्यालय मा अध्ययनरत ७ हजार ८ सय ५१ छात्रा तथा विद्यालय बाहिर रहेका ३ सय ९ रहेका उनले बताए ।

जिल्लाका ६ स्थानीय तहमा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा तथा १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई एचपिभी विरुद्धको खोप लगाइने छ। खोप लगाउन विद्यालय स्तरमा १४५ र वडामा ६१ गरी २०६ वटा खोप केन्द्र तोकिएको छ । खोप लगाउन जिल्लाभरमा २०४ जना स्वास्थ्यकर्मी, ४०६ जना महिला स्वास्थ्य स्वयंसेविका र विद्यालय शिक्षिका खट्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख जिवनारायण कोइरालाले खोप अभियान सफल पार्न सबै क्षेत्र क्रियाशील बन्नुपर्ने बताएका छन् । किशोरीहरूलाई खोप केन्द्रसम्म ल्याउन तथा कोही नछुटुन् भन्ने बारे सबै सचेत बन्नुपर्ने बताए । पाठेघरको क्यान्सरबाट मृत्यु हुने महिलाको संख्यामा वृद्धि भइरहेकाले किशोरीलाई खोप लगाउँदा पाठेघरको क्यान्सरबाट बच्न सकिने उनले बताए ।

 

प्रकाशित: ९ माघ २०८१ १२:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App