३ मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

दलित समाज कल्याण संघलाई निशुल्क जग्गा

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघलाई जग्गाको लालपुर्जा प्रदान गर्दै जग्गा दाता। तस्बिर : दमन राई/नागरिक

खोटाङ – खोटाङमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघलाई दुई गाउँपालिकामा निशुल्क जग्गा प्राप्त भएको छ। नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको गाउँपालिका स्तरको कार्यालय भवन निर्माणका लागि संघलाई दिप्रुङ चुईचुम्मा गाउँपालिका र खोटेहाङ गाउँपालिकामा निशुल्क जग्गा प्राप्त भएको हो।

संघको पालिका स्तरिय भवन निर्माणका लागि दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँ ओख्रेका स्थानीय समाजसेवी चक्रबहादुर खत्री र बाबुराम खत्रीले करिब चार लाख मूल्या पर्ने ४ आना १ दाम जग्गा निशुल्क दिएका छन्। यस्तै, खोटेहाङ गाउँपालिका–२ वाप्लुखाकी स्थानीय समाजसेवी शुभमाया विश्वकर्माले संघको पालिकास्तरिय कार्यालन निर्माणका लागि ८ आना जग्गा निशुल्क दिएको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघले जनाएको छ।

संघको पालिका स्तरीय भवन बन्ने भएपछि स्थानीयले जिल्ला मालपोत कार्यालयमार्फत शुक्रबार संघको नाममा जग्गा रजिष्ट्रेसन पास गरी दिएको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ खोटाङका अध्यक्ष चर्चबहादुर विश्वकर्माले बताए। प्राप्त भएको जग्गामा यसै वर्षभित्र भवन निर्माण गरिने संघले जनाएको छ। दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका अन्य स्थानीय तहमा भवन निर्माणका लागि जग्गाको खोजी भइरहेको अध्यक्ष बिश्वकर्माले बताए।

प्रकाशित: २१ आश्विन २०७५ ०६:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App