८ आश्विन २०८१ मंगलबार
image/svg+xml

बस दुर्घटनामा १६ को मृत्यु

पश्चिमी युक्रेनको सिटने भन्ने स्थानमा एक यात्रुबाहक बस र इन्धन बोकेको ट्रक एक आपसमा ठोकिएका थिए। त्यस क्रममा बसमा रहेका १६ जना यात्रुको निधन भएको थियो भने अरु ६ जना घाइते भएका थिए।

लोडर दुर्घटनाः तीन चिनियाँ नागरिकको मृत्यु

दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै र एक जनाको हेटौँडा अस्पतालमा उपचारका क्रममा गए राति मृत्यु भएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

गोरखामा जिप दुर्घटनाः ज्यान गुमाएकाको पहिचान खुल्याे

गोरखाको सिरानचोक गाउँपालिका ४ आरुबोटेको फिरफिरेभीरमा सोमबार साँझ साँढे चारबजे भएको बा १४ च ७८१ नम्बरको स्कार्पियो जीप दुर्घटनामा तीनजनाको मृत्यु भएको प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए।

दुई मोटरसकाइकल ठोक्किदा तीन जनाको मृत्यु

जिल्ला प्रहरी कार्यालय सप्तरीकाअनुसार दुर्घटनामा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका –३ का ३० वर्षीय पप्पु यादव, वर्ष २६ का सन्दीप यादव र वर्ष २८ का बुच्चु भन्ने रञ्जित यादवको मृत्यु भएको हो।

सर्लाहीमा छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

हरिवनमा तीर्थयात्रीलाई छाडेर सदरमुकाम मलङ्गवातर्फ फर्कँदै गरेको बिआर ०६ टि एफ १०७४ नम्बरको मिनी बसले साइकल यात्री रायलाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए।

धादिङमा दुर्घटनाः एकको मृत्यु, १६ घाइते

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा ४ ख २७०४ नम्बरको माइक्रोले ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको बा ९ च ७०३६ नम्बरको कारलाई ठक्कर दिई पुनः सोही दिशाबाट आउँदै गरेको ना ६ ख २०१४ नम्बरको ट्रकसँग ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए।

स्याङ्जाको वालिङमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

स्याङ्जाको वालिङ तर्फ आउँदै गरेको यात्रुबाहक जीप वालिङ नगरपालिका १२ स्थिति फिरफरे डाडाँखर्कमा दुर्घटना हुदाँ पाँच जनाको ज्यान गएको छ ।

जिप दुर्घटनामा दुई प्रहरीको मृत्यु

सोलुखुम्बुबाट विराटनगरका लागि छुटेको बा१७च १०९४ नम्बरको जिप आज ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ भडारे खोला नजिक दुर्घटना हुँदा सोलुखुम्बुमा कार्यरत प्रहरी हवल्दार भूपेन्द्र कार्की र प्रहरी जवान मानिक राजवंशीको मृत्यु भएको हो।

ओखलढुंगामा जिप दुर्घटनाः दुईकाे मृत्यु, सात जना घाइते

मानेभन्ज्याङ गाउँपालिका ६ र ७ को सीमानामा पर्ने हिलेपानी नजिकै बान्द्रेभीरमा बुधबार जिप दुर्घटना दुर्घटनामा ७ जना घाइते भएका छन्। घाइते ७ मध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

बझाङमा जीप दुर्घटना हुँदा चालकको मृत्यु

बझाङको छविसपाथिभेरा गाउँपालिका–१ भाँडेबजारस्थित किन्द्राल भिरमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

भूमध्यसागरमा डुङ्गा दुर्घटना, ९० भन्दा बढीको मृत्यु

लिबियाबाट शरणार्थी बोकेको डुङ्गा दुर्घटनामा परी करिब १०० आप्रवासीको भूमध्यसागरमा मृत्यु भएको संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त फिलिपो ग्रान्डीले बताएका छन्।

मापदण्दविपरीतको सडकमा दुर्घटना हुँदा दुईको मृत्यु

साजघाट–गैरागाउँ सडक डोटी जिल्लामा इन्जिनियरिङ मापदण्डविपरीत बनेको विवादित शाखा सडक हो। जुन एकदमै भिरालो ठाउँमा ठाडो रूपमा बनेको छ। जिल्ला सदरमुकाम सिलगढीदेखि अछामतर्फ जाने बाटोबाट त्यो सडक हेर्दा निकै ठाडो र डरलाग्दो देखिन्छ।

दक्षिण कोरियाली वायु सेनाको ट्रेनर जेट दुर्घटना, तीनको मृत्यु

दक्षिण कोरियाली वायुसेनाको ट्रेनर लडाकु विमान देशको दक्षिणपूर्वी शहर साचियोनमा दुर्घटनाग्रस्त भएको योनहाप समाचार एजेन्सीले शुक्रबार जनाएको छ।

८ महिनामा ४ सय २० जनाको सडक दुर्घटनामा मृत्यु

मधेस प्रदेशमा दुर्घटनाबाट दैनिक करिब दुईजनाले ज्यान गुमाउँदै आएको तथ्यांकले देखाउँछ। मधेस प्रदेशमा पछिल्लोसमय सडक दुर्घटना उकालो चड्नुमा ट्राफिक प्रहरीको उदासीताका कारण बढ्दै गएको नियम उलंघन प्रमुख कारण देखिएको छ। यद्यपि ट्राफिक प्रहरीले सम्पूर्ण दोष चालकलाई दिन्छन्।

अफगानिस्तानको नान्गाहारमा सडक दुर्घटनामा परी आठ जनाको मृत्यु

अफगानिस्तानको पूर्वी नान्गाहार प्रान्तमा भएको सडक दुर्घटनामा आठ जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएको सिन्ह्वाले प्रान्तीय ट्राफिक प्रहरी निर्देशनालयका प्रमुख जावाद शिरजादलाई उद्धृत गर्दै मङ्गलबार जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्