८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

अफगानिस्तानको नान्गाहारमा सडक दुर्घटनामा परी आठ जनाको मृत्यु

अफगानिस्तानको पूर्वी नान्गाहार प्रान्तमा भएको सडक दुर्घटनामा आठ जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएको सिन्ह्वाले प्रान्तीय ट्राफिक प्रहरी निर्देशनालयका प्रमुख जावाद शिरजादलाई उद्धृत गर्दै मङ्गलबार जनाएको छ।

सोमबार साँझ प्रान्तीय राजधानी जलालाबाद शहरको प्रहरी जिल्ला ६ को चक्रपथमा दुईवटा सवारीसाधन एक आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको शिरजादले सिन्ह्वालाई बताएका छन्। मृत्यु हुनेमा कार चालकसहित चार महिला, एक बालक र तीन पुरुष रहेको अधिकारीले जानकारी दिए।सिन्ह्वाकाअनुसार पहाडी खण्डमा सडक दुर्घटनाहरू बारम्बार हुने गर्दछ।

प्रकाशित: ८ चैत्र २०७८ ११:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App