८ आश्विन २०८१ मंगलबार
image/svg+xml

ट्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई घाइते

दुर्घटनामा परी अन्य दुई जना घाइते भएका छन्। एकको अवस्था गम्भीर छ भने एक जनाको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक विसीले बताए।

सवारी दुर्घटनामा रौतहटमा दुईको मृत्युः एक प्रहरी घाइते

रौतहटमा गए राति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना प्रहरी पनि घाइते भएका छन्।

सडकमै पार्किङ:बौद्ध–जोरपाटी खण्ड अस्तव्यस्त

बौद्ध–जोरपाटी क्षेत्रमा पार्किङको मात्रै समस्या छैन, साँझ पर्न थालेपछि सडक छेउछाउमा ‘हाटबजार’कै आभास दिनेगरी ठेला व्यवसायीको भिड लाग्छ। त्यसले पनि सडक सुरक्षामा चुनौती थपिदिएको स्थानीय बताउँछन्।

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु

मृत्यु हुनेमा चितवनको इच्छाकामना–३ का ३० वर्षीया तृकी गुरुङ र उनकी छोरा ५ वर्षीया आरोन गुरुङ र इच्छाकामना–२ बस्ने वर्ष ३४ को नवीन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए। नवीन गुरुङ भने नाताले तृकी गुरुङकी भदै हुन्।

बस दुर्घटनामा आमा–छोरासहित १५ को मृत्यु

संखुवासभाको मादीमा बिहीबार बिहान भएको बस दुर्घटनामा आमा–छोरासहित १५ जनाको मृत्यु भएको छ। उक्त बस मादीबाट झापाको दमकका लागि यात्रु लिएर हिँडेको थियो।

झ्याकुमा ट्र्याक्टर दुर्घटनाः एकको मृत्यु चार घाइते

गैरीशङ्कर गाउँपालिका–४ झ्याकु गोर्पाङमा ना६त २७७५ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा झ्याकु निवासी ३३ वर्षीय लीलाबहादुर खत्रीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

वडाध्यक्ष कार्कीको उपचारका क्रममा मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका भेरीगंगा नगरपालिका–१ का वडाध्यक्ष नवराज कार्कीको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको छ।

स्थानीय तहको निर्वाचनमा खटिने आयोगका पदाधिकारीको दुर्घटना बिमा गरिंदै

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा खटिने जनशक्तिको सामूहिक दुर्घटना बिमा गर्ने भएको छ।

रौतहटमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

रौतहटको दुर्गाभगवती गाँउपालिका–२ कर्बोलमा बिहीबार बेलुकी भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

दैलेखमा जीप दुर्घटनाः एक को मृत्यु ८ जना घाइते

दुर्घटनामा महावु गाउँपालिका–४ का ४० वर्षीय रामबहादुर हमालको मृत्यु भएको दैलेख प्रहरी प्रमुख (डिएसपी) भुवनेश्वर साहले जानकारी दिए।

भक्तपुरको च्याम्हासिंहमा दुर्घटना हुँदा एक जनाको मृत्यु

भक्तपुरको च्याम्हासिंहमा भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।

पेरुमा बस दुर्घटनाः २० जनाको मृत्यु,३३ घाइते

उत्तरी पेरुको ला लिबर्टाड विभागको पाटज प्रान्तमा बुधबार एक यात्रुवाहक बस करिब १०० मिटर गहिरो खाडलमा खस्दा कम्तीमा २० जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन्।

दुर्घटनामा इञ्जीनियरको मृत्यु

मृत्यु हुने पूर्वी रुकुमको भूमे गापा–४ घर भई हाल रम्भा गाउँपालिका बस्दै आएका २३ वर्षीय रविन दमै छिनाल रहेको प्रहरीले जनाएको छ।

सामाजिक सुरक्षा कोषमा सूचीकृत हुनेको संख्या बढ्दै

तीन महिना अघिसम्म कोषमा १५ हजार पाँच सय रोजगारदाता र दुई लाख ८६ हजार श्रमिक सूचीकृत रहेकोमा अहिले उक्त संख्या बढेर करिब १६ हजार पाँच सय रोजगारदाता र तीन लाख १० हजार योगदानकर्ता आवद्ध भएका छन्।

दक्षिण अफगानिस्तानमा सडक दुर्घटनामा ८ जना घाइते

दक्षिणी हेलमान्ड प्रान्तमा विपरीत दिशाबाट आउँदै गरेको अर्को कारसँग कार ठोक्किँदा आठ यात्रु घाइते भएको सरकारी समाचार संस्था बख्तरले मंगलबार जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्