४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

भक्तपुरको च्याम्हासिंहमा दुर्घटना हुँदा एक जनाको मृत्यु

भक्तपुरको च्याम्हासिंहमा भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। च्यामासिंह चोक नजिक ब्रम्हायणीबाट च्यामासिंहतर्फ आउँदै गरेको बा ३ ख ४७६५ नं को बस र विपरीत दिशाबाट जाँदै गरेको बा ६१ प ६६१८ नं को मोटरसाइकल एक आपसमा ठक्कर खाइ दुर्घटना हुँदा मोटरसाइकलमा पछाडि सवार दोलखा तामाकोसी गाउँपालिका १ भिरकोट घर भई भक्तपुर भक्तपुर नगरपालिका वडा नं १० कमलविनायक बस्ने वर्ष ३४ को दवेन्द्र कार्कीको मृत्यु भएको हो।

मोटरसाइकलमा सवार दुई जना घाइते भई उपचारको लागि मध्यपुर अस्पताल ठिमी लगिएको उपचारकै क्रममा मोटरसाइकल पछाडि सवार उनको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। मोटरसाइकल चालक दोलखा हावा ७ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ५ चुनदेबी बस्ने वर्ष २७ को बलराम सुनुवारको उपचार भइरहेको परिसरका सूचना अधिकृत राजु पाण्डेले बताए।

दुबै सवारी साधन महानगरीय प्रहरी वृत्त जगातीको नियन्त्रणमा रहेको जनाइएको छ। दुर्घटनामा संलग्न बस चालक भक्तपुर चाँगुनारायण नगरपालिक बस्ने वर्ष ३९ को टिकबहादुर.बस्नेत वृत्त जगातीको नियन्त्रणमा रहेको जनाइएको छ। घटनास्थलमा अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य गरी थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ।

प्रकाशित: ३ फाल्गुन २०७८ ०७:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App