१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सवारी दुर्घटनामा रौतहटमा दुईको मृत्युः एक प्रहरी घाइते

रौतहटमा गए राति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना प्रहरी पनि घाइते भएका छन्।

रौतहटको वृन्दावन नगरपालिका–६ ठूलो हर्षाहामा बुधवार राति साढे ८ बजे चपुरबाट गरुडातर्फ जाँदै गरेको बा १७ च ६१६३ नम्बरको पिकअप गाडी अनियन्त्रित भई पानको घुम्तीमा ठोक्किएको थियो।

पानको घुम्तीमा हानेपछि नजिकै रहेको ना ४३ प ७३२७ नम्बरको मोटरसाइकलमा ठोक्किएर अगाडि बढ्दै पैदल यात्रु ३७ वर्षीय जितेन्द्र पटेल र २७ वर्षीय हरिकुमार ठाकुरलाई कुल्चेको थियो। अनियन्त्रित पिकअप अगाडि बढ्दै डिउटीमा रहेको प्रहरीलाई ठोकेर घाइते बनाएको थियो।

गाडीको ठक्करले गम्भीर घाइते पटेललाई उपचारको लागि भरतपुर लैजाँदै गर्दा बाटामा मृत्यु भएको छ। अर्का गम्भीर घाइते ठाकुरको हर्षाहास्थित क्लिनिकमा नै उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते प्रहरी चौकी हर्षामा कार्यरत प्रहरी जवान मुस्तुफा अन्सारीको वीरगञ्जमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी श्रीराम भन्डारीले जानकारी दिएका छन्।

अनियन्त्रित भई जथाभावी चलाइएको पिक अपबाट प्रहरीले दुई जनालाई निकालेको छ। दुवै जना इलाका प्रहरी कार्यालय गरुडामा रहेको प्रहरीको भनाइ छ। पक्राउ पर्नेमा रौतहटको मौलापुर नगरपालिका ३४ वर्षीय संजय पाण्डे र कुन्दनकुमार पाण्डेको इप्रका गरुडाले जनाएको छ।

घटनाको विषयमा गम्भीर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी भन्डारीले जानकारी गराएका छन्।

दुई जनाको मृत्यु भएपछि स्थानीयले चन्द्रपुर–गौर राजमार्गको हर्षाहा चोकमा सडक अवरुद्ध पारेका छन्। घटनाको छानविन हुनुपर्ने, दोषीलाई कडा कारवाही गर्नुपर्ने तथा पीडितलाई क्षतिपूर्ति दिनुपर्ने माग राखी स्थानीयले सडक अवरुद्ध पारेका छन्।

घटनास्थलतर्फ रौतहटका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका रौतहट प्रमुख तथा सशस्त्र प्रहरी प्रमुख प्रस्थान गरेका छन्। प्रहरी र पीडित पक्षबीच वार्ताका लागि समन्वय भइरहेको बुझिएको छ।

प्रकाशित: ३ चैत्र २०७८ ०३:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App