३० वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

स्वर्ण लक्ष्मी सहकारीका पीडित बचतकर्ताले दिए सञ्चालकविरुद्ध जाहेरी

स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका पीडित बचतकर्ताहरुले सहकारी सञ्चालकविरुद्ध जाहेरी दर्ता गराएका छन्।

सहकारीले विगत २ वर्षदेखि बचतकर्ताको रकम फिर्ता नगरेपछि उनीहरुले कालीमाटी प्रहरी वृत्त पुगेर जाहेरी दर्ता गराएका हुन्।

आइतबार सहकारी संस्थाका पीडित बचतकर्ताहरुले प्रहरी वृत्तमा धर्ना दिनुका साथै जाहेरी समेत दर्ता गराएका हुन्। सहकारीले बचतकर्ताको करौडौँ रुपैयाँ फिर्ता नगरी सञ्चालकहरू फरार भएका थिए। पीडित बचतकर्ताले तीन कार्यकाल सहकारीको नेतृत्व सम्हालेका सञ्चालकहरूविरुद्ध जाहेरी दिएका हुन्।

पीडित बचतकर्ताले २०७४ सालमा सहकारीको अध्यक्ष रहेकी कल्पना श्रेष्ठ, २०७८ देखि अध्यक्ष सम्हालेका दीपक लामा र २०८० देखि अध्यक्ष सम्हालेका गितेन्द्रबहादुर राई (जीबी राई) र सहकारीका व्यवस्थापक नविन अछामीविरुद्ध जाहेरी दर्ता गराएको संस्थाको पीडित संघर्ष समितिका अध्यक्ष नन्दु तन्दुकारले जानकारी दिए।

‘डेढ सय बचतकर्ताको उपस्थितिमा कालीमाटी प्रहरी वृत्तमा जाहेरी दर्ता गराएका छौं,’ उनले भने, ‘२०७४ सालदेखिका सञ्चालक र व्यवस्थापकविरुद्ध हामीले जाहेरी दिएका छौं।’

सहकारीले ३ हजार बढी बचतकर्ताको २ अर्ब ७४ करोड रुपैयाँ बचत रकम फिर्ता गरेको छैन। सहकारीका केही सञ्चालकहरू भने फरार छन्।

प्रकाशित: १६ वैशाख २०८१ १६:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App