३१ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

प्राकृतिक विपदमा परेकालाई घर बनाउन सरकारले पाँच लाखसम्म दिने

गृह मन्त्रालयले विपद् प्रभावित निजी आवास प्रबलीकरण, पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि–२०८१ स्वीकृत गरेको छ।

कार्यविधिमा जिल्लालाई तीन तहमा वर्गीकरण गर्दै निजी आवास पुननिर्माण र पुनर्स्थापनाका लागि किस्तामा अनुदान रकम उपलब्ध गराइने उल्लेख छ। जसअनुसार समूह (क) मा परेका १५ जिल्लाका लागि ५ लाख, समूह (ख) मा परेका ३५ जिल्लाका लागि ४ लाख र समूह (ग) मा परेका २७ जिल्लाका लागि ३ लाख अनुदान उपलब्ध हुनेछ।

भौगोलिक अवस्था, सडकको पहुँच, निर्माण सामग्रीको लागत र ज्यालाका आधारमा जिल्लाहरुलाई तीन समूहमा वर्गीकरण गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

कार्यविधिमा पुनर्स्थापनाको हकमा घडेरी खरिद गर्न बढीमा ३ लाख रुपैयाँसम्म र विपन्न तथा आफैंले आवास निर्माण गर्न नसक्ने संकटासन्न घरपरिवारलाई ५० हजार रुपैयाँ थप उपलब्ध गराइने छ। त्यस्तै, निजी आवास प्रबलीकरणका लागि क्षतिको स्तरअनुसार ५० हजारदेखि १ लाख रुपैयाँसम्म दिन सकिने व्यवस्था कार्यविधिले गरेको छ।

कार्यविधिमा ४० क्यूविक फिटसम्मको काठमा सरकारी बिक्री मूल्यको ९० प्रतिशतसम्म छुट, लाभग्राहीले आफ्नो निजी वनको सालको काठ प्रयोग गर्न पाउने र स्थानीय तहले ढुंगा, गिट्टी र बालुवामा स्थानीय तहले सहुलियत दिन सक्ने व्यवस्था पनि छ।

प्रकाशित: १६ वैशाख २०८१ १६:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App