१३ असार २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बस दुर्घटनामा १६ को मृत्यु

युक्रेनमा मंगलबार भएको एक बस दुर्घटनामा परी कम्तीमा पनि १६ जनाको ज्यान गएको छ।

पश्चिमी युक्रेनको सिटने भन्ने स्थानमा एक यात्रुबाहक बस र इन्धन बोकेको ट्रक एक आपसमा ठोकिएका थिए। त्यस क्रममा बसमा रहेका १६ जना यात्रुको निधन भएको थियो भने अरु ६ जना घाइते भएका थिए।  

स्थानीय समयानुसार मंगलबार साँझ ७ः२० मा सो दुर्घटना भएको  युक्रेनको प्रहरीले जनाएको छ। अहिले सो दुर्घटना भएको किभ चोप राजमार्ग बन्द भएको छ। प्रहरीले उक्त राजमार्ग बन्द गरेर अनुसन्धान थालेको जनाएको छ। 

प्रकाशित: २१ वैशाख २०७९ ०६:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App