१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

गोरखामा जिप दुर्घटनाः ज्यान गुमाएकाको पहिचान खुल्याे

गोरखामा जन्ती चढेको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। बेहुली लिएर गोरखाबाट चितवन जाने क्रममा जीप दुर्घटना हुँदा जन्तीको मृत्यु भएको छ।

गोरखाको सिरानचोक गाउँपालिका ४ आरुबोटेको फिरफिरेभीरमा सोमबार साँझ साँढे चारबजे भएको बा १४ च ७८१ नम्बरको स्कार्पियो जीप दुर्घटनामा तीनजनाको मृत्यु भएको प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए।

मृत्यु हुनेमा बारपाक सुलीकोट गाउँपालिका ६ चनौटेका ५० बर्षका देवीप्रसाद पोखरेल, लम्जुङ दुराडाँडा घर भई हाल काठमाडौँ महानगरपालिका १६ बस्ने ५१ बर्षका कमल न्यौपाने र कावासोती १४ का ८० बर्षका उत्तरकुमार सिग्देल रहेको एसपी खनालले बताए।

शव पोष्टमार्टमका लागि गोरखा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ। गाडीमा अन्य दुई तीन जना यात्रु पनि रहेको र उनीहरु हाम फालेर बाँचेको प्रहरीले जनाएको छ  अहिले शव संकलन गर्न लागिएकाले चालक सँग थप जानकारी लिन बाँकी रहेको एसपी खनालले बताए।

प्रहरीका अनुसार चालकले ओह्रालोमा गाडी स्टार्टमा राखेर यात्रु चढाउन थालेको तर आफूभित्र नबस्दा जीप गुडेर भीरबाट करिब दुईसय मिटर तल खसेको थियो। चालक घनश्याम काफ्ले प्रहरी नियन्त्रणमा रहेका छन्। घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २० वैशाख २०७९ ०३:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App