१२ कार्तिक २०८१ सोमबार
image/svg+xml

संघीय सरकारको विरुद्ध भोलिदेखि मधेस सरकार धर्नामा बस्ने

'एक हप्तासम्म पनि संघीय सरकारले हाम्रो माग सम्बोधन गरेन भने दोस्रो चरणको आन्दोलन घोषणा गर्नेछौँ।'

रुकुम पूर्वमा प्रहरीको गाडी दुर्घटना, डिएसपीसहित पाँच घाइते

सदरमुकाम रुकुमकोटबाट पुथा उत्तरगङ्गा गाउँपालिकाको तकसेरा जाने क्रममा गाडी पुथा उत्तरगङ्गा गाउँपालिका–११ तल्लो सेरामा दुर्घटनामा परेको हो। गाडी सडकबाट झण्डै एक सय मिटर तल खसेको गाउँपालिकाका प्रवक्ता एवम् वडा नं ५ का वडाध्यक्ष टिकासाई घर्तीले जानकारी दिए।

‘मिटरब्याजी’लाई तह लगाउन कार्यदल गठन

कार्यदलमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोका वरिष्ठ उपरीक्षक दिनेश आचार्य, गृह मन्त्रालयका कानुन उपसचिव श्रीकृष्ण पौडेल, नेपाल प्रहरीको अनुसन्धान शाखामा कार्यरत उपरीक्षक कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा छन्।

प्रहरी समायोजनमा आलटाल: संघ–प्रदेश सरकार द्वन्द्वोन्मुख

मधेस सरकारले दिएको पछिल्लो ‘अल्टिमेटम’ अनुसार अब तीनदिन मात्रै बाँकी छ। तर संघीय सरकारले प्रहरी समायोजन गर्ने छाँटकाँट देखिएको छैन।

आगामी निर्वाचनमा पूर्व म्यादी र पूर्व सुरक्षाकर्मीलाई विशेष प्राथमिकता

‘म्यादी प्रहरीको संख्या निक्र्यौल भइसकेको छैन। तर स्थानीय निर्वाचनको भन्दा धेरै हुनेछ। यो संख्या हामीले रिभ्यू गर्दैछौँ। आवश्यक संख्यामा प्राप्त हुनेछ भन्ने आश्वासन आएको छ। ४० दिनको लागि भर्ना गरिनेछ। स्थानीय निर्वाचनमा भर्ना भएका म्यादी प्रहरी र पूर्व सुरक्षाकर्मीलाई विशेष प्राथमिकता दिइनेछ। त्यो भन्दा बाहेकका लागि केही छनोट प्रविधि हुनेछ।'

ठगीमा संलग्न महिला पक्राउ

‘अझै धेरै व्यक्तिबाट पैसा असुलेको हुनसक्छ’ उनले भने–‘हामी अनुसन्धानको क्रममा छौं।’ ‘हामीलाई यो गिरोह नै हो भन्ने लागेको छ’ प्रहरी नायब उपरीक्षक शाहीले भने–‘हामी जरैसम्म पुग्ने प्रयास गरिरहेका छौं।’

एम्बुलेन्सको ठक्करबाट पैदलयात्रीको मृत्यु

मृत्यु हुनेमा सङ्खुवासभा घर भएकी ५२ वर्षीया नमूना शेर्पा रहेको इलाका प्रहरी कार्यालय मनहरिले जनाएको छ। एम्बुलेन्स चालक फरार भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

निर्वाचन सुरक्षा योजना पेस गर्न निर्देशन

सरकारले संघीय संसद्को निर्वाचनका लागि सुरक्षा योजना बनाएर पेस गर्न तीनवटा सुरक्षा निकायलाई निर्देशन दिएको छ। गृह मन्त्रालयले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई सुरक्षा योजना बनाएर पेस गर्न निर्देशन दिएको छ।

धनुषाको पूर्वी क्षेत्रका गाउँगाउँमा साइकल गस्ती

'नागरिकका समस्यालाई नजिकबाट देख्न र सुन्न साइकल गस्ती सुरु गरेका छौँ, प्रहरी निरीक्षक हरिविष्णु ढकालले भने, 'यसले गर्दा दूरदराजमा प्रहरीको उपस्थिति बढ्नुका साथै जनताले शान्ति सुरक्षाको अनुभूति गर्न पाएका छन्।'

टेन्ट र छाप्रामा बसेका प्रहरीलाई हतियार जोगाउनै मुस्किल

भारतसँग सीमा जोडिएका कञ्चनपुरका २० वटा स्थानमा रहेका सशस्त्र प्रहरीका बोर्डर आउट पोस्ट (बिओपी)मध्ये छबाहेक अन्यमा भौतिक संरचनाको अभाव रहेको छ।

सिक्री लुटपाट गरी भाग्ने पक्राउ

धरान उपमहानगरपालिका-८ घर भई काठमाडाैंको माछापोखरी बस्दै आएका २८ वर्षीय ज्ञानेन्द्र सेन्चुरीलाई आइतबार दिउँसो गोंगबुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

प्रहरी हिरासतबाट फरार अभियुक्त पुनः पक्राउ

बाँके खजुरा गाउँपालिका–८ का २६ वर्षीय अब्दुलखाँलाई प्रहरीले पक्राउ गरेको छ। खाँलाई जबरजस्ती करणी आरोपमा प्रहरीले गत असार २३ गते पक्राउ गरी म्याद थप गरी अनुसन्धान कै क्रममा हिरासतमा राखेको थियो।

लागूपदार्थ ओसारपसारमा महिला

‘मोबाइलमार्फत् कुरा हुन्थ्यो। आउथे पैसा बुझाएर सामान लैजान्थे’ उनले प्रहरीसँगको बयानमा भनिन्, ‘त्यो भन्दा धेरै चिनजान भएन।’

एआइजी पोखरेलको बिर्सनलायक अवकाश

नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक(एआइजी) विश्वराज पोखरेल उमेर हदका कारण अवकाशमा गएका छन्।

लाखे जात्रामा पैसा माग्दा कुटपिट, ३ जना घाइते

मेला आयोजकले एक सय रुपैँया मागेको र कार्यालय तर्फ फर्किएका दुई कर्मचारीले २० रुपैँया दिएपछि आपसी विवाद हुँदा कुटाकुट भएको हो। दुई कर्मचारीसहित एक मेला आयोजक घाइते भएका हुन्। विद्युत कार्यालय दुल्लु फिउज सेवामा कार्यरक्त कर्मचारी कृष्ण भण्डारी र आशिष रावल घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्